दोलखाबाट माओवादी केन्द्रका कार्की निर्वाचित

सोमबार, मंसिर १९, २०७९

काठमाडौँ ।  दोलखाबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा  माओवादी केन्द्रका गङ्गा कार्कीले ३६ हजार सात सय९९ मत प्राप्त गरी निर्वाचित भएका छन्  ।   उनका प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ३६ हजार चार सय ८२  मत प्राप्त गर्नुएको प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए  । उनका बीचमा तीन सय १७ मतान्तर रहेको छ ।   दोलखा प्रदेशसभा–१ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेशसभा २ मा  एमालेका भरतबहादुर केसी निर्वाचित हुनुभएको छ । जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार तीन सय ८८ खसेको थियोे ।   

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार