कांग्रेसले माग्यो चुनावमा अन्तर्घात गर्नेहरुको सूची   

आइतबार, मंसिर १८, २०७९

काठमाडौं । नेपाली कांग्रेसले ४ मंसिरको चुनावमा अन्तर्घात गर्नेलाई कारबाहीका लागि केन्द्रीय अनुशासन समितिमा १५ पुसभित्र नाम पठाउन आग्रह गरेको छ ।  आइतबार एक विज्ञप्ति जारी गरी कांग्रेस केन्द्रीय अनुशासन समितिका सचिव प्रेम केसीले चुनावमा पार्टी र सत्ता गठबन्धनका उम्मेदवारलाई असहयोग गरेको भनी जिल्ला एवंप्रदेशअनुशासन समितिमा परेका उजुरीमाथि चाँडै निर्णय गरेर केन्द्रमा पठाउन भनेको हो ।  
यदि जिल्ला र प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी कारबाहीको निर्णयसहित १५ पुसभित्र केन्द्रीय अनुशासन समितिमा पठाउन आग्रह गरिएको छ ।  

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १६:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार