सप्तरीमा १ सय ३८ उम्मेदवारको जमानत जफत    

आइतबार, मंसिर १८, २०७९

सप्तरी । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सप्तरीमा १ सय ३८ उम्मेदवारको जमानत जफत भएको छ । मत पेटिकामा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका प्रतिनिधिसभा तर्फका ५८ र प्रदेशसभा तर्फका ८० गरी कुल १३८ उम्मेदवारको जमानत जफत भएको हो ।  प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा १७, क्षेत्र नम्बर २ बाट , ३ बाट १५ र क्षेत्र नम्बर ४ बाट १३ जना गरी ५८ जना प्रतिनिधिसभा सदस्यका उम्मेदवारको जमानत जफत भएको हो ।त्यस्तै, प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नम्बर १ (क) मा ८ र ( ख) मा ७, क्षेत्र नम्बर २ को (क) मा १४, (ख)  मा ११, क्षेत्र नम्बर ३ को (क)  मा १५ र (ख) मा ८, क्षेत्र नम्बर ४ को (क)  मा ९, (ख) मा ८ उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । प्रदेशका ८ र प्रतिनिधिसभाका चारसहित ३८ जना उम्मेदवारले मात्रै जमानत जोगाउन सफल भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।  निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने क्रममा प्रतिनिधिसभा सदस्यको जनही १० हजार र प्रदेशसभा सदस्यको जनही पाँच हजार धरौटी राख्नुपर्ने व्यवस्था छ । तर उक्त धरौटी रकम फिर्ता हुन खसेको सदर मतको १० प्रतिशत कटाउनुपर्ने प्रावधान छ । सप्तरीमा प्रतिनिधिसभातर्फ कुल खसेको २ लाख ७९ हजार १२१ मत मध्ये २ लाख ६२ हजार ८१ मत सदर रहेको थियो । 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १५:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार