एक करोड ४ लाख मत गन्दा एमाले पहिलो  

आइतबार, मंसिर १८, २०७९

काठमाडौं  ।प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ करिब एक करोड ४ लाख १६ हजार मत गणना हुँदा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार २७ लाख ८६ हजार मत प्राप्त गरी एमाले सबैभन्दा अघि देखिएको हो । नेपाली कांग्रेस २६ लाख ५९ हजार मत प्राप्त गरी दोस्रो स्थानमा रहेको छ । यसैगरी ११ लाख ६२ हजार मत प्राप्त गरी नेकपा ९माओवादी केन्द्र तेस्रो र ११ लाख २४ हजार मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा रहेको छ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ५ लाख ८६ हजार , जनता समाजवादी पार्टी जसपा ४ लाख २० हजार र जनमत पार्टी तीन लाख ९४ हजार मत प्राप्त गरी थ्रेस होल्ड कटाउन सफल भएका छन् । थ्रेस होल्ड कटाउन समानुपातिक निर्वाचनमा खसेको कूल सदर मतको तीन प्रतिशत ल्याउनु पर्नेछ ।प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फ १० स्थानमा विजयी नेकपा एकीकृत समाजवादी ले अहिलेसम्म थ्रेस होल्ड कटाउन सकेको छैन । उसले दुई लाख ९४ हजारमत प्राप्त गरेको छ । समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।  

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १४:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार