स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङ निर्वाचित

आइतबार, मंसिर १८, २०७९

वालिङ । स्याङ्जा–२ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा नेपाली कांगेसका उम्मेदवारहरु विजयी भएका छन् । प्रतिनिधिसभातर्फ कांग्रेसका उम्मेदवार केन्द्रीय उपसभापति धनराज गुरुङ पाँच हजार छ सय २७ मतान्तरसहित विजयी भएको निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए । उनले ३१ हजार चार सय ६६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पद्माकुमारी अर्यालले २५ हजार आठ सय ३९ मत प्राप्त गरेका छन् । यसअघि विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा अर्याल यसै क्षेत्रबाट निर्वाचित भएकी थिइन् । 
राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले आठ हजार एक सय १३ मत प्राप्त गरे । स्याङ्जा–२ (२) मा नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराई विजयी भएका छन् । भट्टराईले १८ हजार सात सय ८८ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले १७ हजार दुई मत प्राप्त गरेका छन् । उनी एक हजार सात सय ८६ मतान्तर विजयी भएका हुन् । 

दोलखामा गठबन्धनकै अग्रता 

दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्कीले अग्रता कायम राखेका छन् ।  हालसम्म कूल २७ हजार ४१७ मतगणना हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रका कार्कीले  १२ हजार ४९० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले ११ हजार ४०६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।
दोलखाको प्रदेशसभा १ मा २२ हजार ५५६ मतगणना हुँदा  नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले १० हजार ६६९ मत प्राप्त गरेका छन् भने एमालेका नरबहादुर श्रेष्ठले नौ हजार २११ मत प्राप्त गरेका छन् । 
प्रदेशसभा २ मा २७ हजार ४८१ मतगणना हुँदा एमालेका भरत केसीले १२ हजार ३३७ र कांग्रेसका बर्मा लामाले १२  हजार २२० मत प्राप्त गरेका छन् । दोलखामा कूल ८५ हजार ३८८ मत खसेको थियोे । 
दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने राजनीतिक दलका १४ र स्वतन्त्र उम्मेदवार सात गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । 

बाजुरा–१ (१) मा एकीकृत समाजवादीका नरेशकुमार शाही निर्वाचित 

बाजुरा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ मा नेकपा (एकीकृत समाजवादी)का नरेशकुमार शाही निर्वाचित भएका छन् । 
शाहीले १० हजार नौ सय ७३ मत प्राप्त गरी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत  ढाकाराम पौडेलले जानकारी दिए ।     उनका प्रतिस्पर्धी नेकपा (एमाले)का बलदेव रेग्मीले आठ हजार छ सय ३२ मत प्राप्त  गरे । 
 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  ०५:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार