स्याङ्जा–२ मा गठबन्धनका धनराज गुरुङ प्रतिस्पर्धी भन्दा ६ हजारभन्दा बढी मतान्तरले अगाडि

शनिबार, मंसिर १७, २०७९

काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले फराकिलो अन्तर कायम गरेका छन् । पछिल्लो मतपरिणामानुसार काँग्रेसका गुरुङले ३० हजार ३१३ मत पाएका छन् ।
दोस्रो स्थानमा रहेकी नेकपा एमालेकी उमेदवार पद्माकुमारी अर्यालले २४ हजार २७५ मत ल्याएकी छन् । गुरुङ र अर्यालबीचको मतान्तर ६ हजार ३८ छ ।
यस्तै, तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार टिकराज गुरुङले सात हजार ८६८ मत पाएका छन् । 

प्रदेशसभा निर्वाचन क्षेत्र स्याङ्जा २ (२) मा पनि नेपाली कांग्रेसका महेश भट्टराईले अग्रता कायम राखेका छन् । उनले १४ हजार। ८६७ मत पाएका छन् भने नेकपा एमालेका वुद्धिमान श्रेष्ठले १२ हजार ७०४ मत पाएका छन् । भट्टराई २ हजार १६३ मतान्तरले अगाडि छन् ।
स्याङ्जा २ मा प्रतिनिधिसभामा ७० हजार १९१ मत खसेकामा अब चापाकोट नगरपालिकाको ५, ६, ७, ८, ९ र १० नम्बर वडाको मतगणना हुन बाँकी छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १९:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार