बाजुरामा कांग्रेसका बद्री पाण्डेलाई ४५ सय मतान्तरको अग्रता

शनिबार, मंसिर १७, २०७९

बाजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका बद्री पाण्डेले चार हजारभन्दा बढी मतले अग्रता कायम गरेका छन् । मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २९ हजार मतगणना गर्दा कांग्रेस उम्मेदवार पाण्डेले १७ हजार आठ सय ५५ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले १३ हजार दुई सय ९७ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर ४ हजार ५५८ रहेको छ ।
एमालेका उम्मेदवार थापा विसं २०७४ को प्रतिनिधिसभा सदस्य हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमाल शाहीले ७० र स्वतन्त्र उम्मेदवार जनक रावलले १६ मत पाएका छन् ।

प्रदेशसभामा एकीकृत समाजवादीका नरेश शाहीको जित निश्चित
बाजुरा (१) को प्रदेशसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका नरेश शाहीको जित निश्चित भएको छ । १४ सय मत गन्न बाँकी रहँदा शाहीले १८ सय मतान्तरले अग्रता लिएका छन् ।
१८ हजार ३६१ गणना भइसक्दा नेकपा एमालेका बलदेव रेग्मीले ८ हजार कटाएका छन् । एकीकृत समाजवादी निकट युवा संघ नेपालका केन्द्रीय अध्यक्ष शाहीलाई सत्तारुढ गठबन्धनको समर्थन छ । माओवादी केन्द्रका कर्णबहादुर विकले एक हजार ३० मत पाएका छन् ।
प्रदेशसभा १ मा स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाको मतगणना सकिएको छ भने हिमाली गाउँपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।
यसैगरी प्रदेशसभा २ मा कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीले १० हजार नौ सय ७७ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लालबहादुर थापाले आठ हजार छ सय ४० मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १९:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार