मतदाताले कागती र खुर्सानीको मालाले   महामन्त्री शर्मालाई सम्मान   

शनिबार, मंसिर १७, २०७९

काठमाडौं । झापा १ बाट निर्वाचित भएपछि ‘मतदाता सम्मान अभियान लिएर निर्वाचन क्षेत्रका गाउँमा घुमिरहेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई मेचीनगर नगरपालिका ९ लीलाबस्तीका वासिन्दाले कागती र खुर्सानीको माला लगाइदिएका छन् ।यस क्षेत्रमा घरमा, गाडीमा वा पसलमा कागती र खुर्सानीको माला झुण्ड्याएमा कसैको पनि नकारात्मक दृष्टि पर्दैन भन्ने मान्यता छ । यो वस्ती शर्मालाई दूध खुवाउने देउकुमारी श्रेष्ठको गाउँ हो ।

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १५:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार