आज बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु

शुक्रबार, मंसिर १६, २०७९

बाजुरा । आज बिहानदेखि रोकिएको बाजुराको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मतगणना पुनः सुरु भएको छ । 

राजनीतिक दलसँगको सहकार्यमा रोकिएको मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हिमाली गाउँपालिका ६ धिममा मुचुल्काभन्दा ३० मत बढी आएपछि विवाद भएको थियो । 

बाजुरा प्रदेश ख मा कांग्रेसका उम्मेदवारले लिए अग्रता

बाजुरा प्रदेश ख मा कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसका पदमबहादुर शाहीले ३९६४ मतका साथ अग्रता लिएका छन् । उनलाई एमालेका लालबहादुर थापाले ३८७४ मतका साथ पछ्याइरहेका छन् । राप्रपाले ५४ मत पाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १८:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार