दोलखा :   प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनको अग्रता

शुक्रबार, मंसिर १६, २०७९

काठमाडौँ  ।  दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्र का उम्मेदवार गङ्गा कार्कीले अग्रताकायमै राखेका  छन्  ।  हालसम्म आठ हजार आठ सय ९७ मतगणना हुँदा उनले पाँच हजार ३५ मत प्राप्त गरेका  छन्  ।    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले का बालकृष्ण शिवाकोटीले दुई हजार नौ सय २८ मत प्राप्त गरेका   मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए  ।    जिल्लाको प्रदेशसभा  ( १)  मा आठ हजार एक सय ४३ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले चार हजार तीन सय ४२ मत तथा एमालेका नरबहादुर श्रेष्ठले दुई हजार नौ सय ८३ मत ल्याएका  छन्  । प्रदेशसभा ( २ )  मा छ हजार छ सय १६ मतगणना हुँदा कांग्रेसका वर्मा लामाले तीन हजार पाँच सय १५ तथा एमालेका भरत केसीले दुई हजार पाँच सय ६१  मत प्राप्त गर्नुभएको छ । जिल्लाको १० मतदान केन्द्रमा बिहीबार पुनःमतदान भएको थियोे । बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान भएको थियो ।   जिल्लामा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।    
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १६:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार