युवाको नेतृत्वमा सरकार बनाउनुपर्छ : सहमहामन्त्री किशोरसिंह राठौर 

मंगलबार, मंसिर १३, २०७९

खजुरा । नेपाली कांग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य किशोरसिंह राठौरले आगामी सरकारको नेतृत्वको विषयमा पार्टीभित्र छलफल भएपछि मात्र टुङ्गो लाग्ने बताएका छन् । 
प्रेस युनियन बाँकेद्वारा यहाँ आयोजित बधाई तथा सम्मान कार्यक्रममा उनले भने, “अहिलेको परिवर्तन भनेको युवा केन्द्रित हो, त्यसैले युवाकै नेतृत्वमा सरकार बनाउनुपर्ने हो, त्यसका लागि म पनि एउटा दाबेदार हो ।” सहमहामन्त्री राठौरले पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई सरकारको भन्दा पार्टीको सङ्गठन बनाउनेतर्फ लाग्न सुझाव दिँदै दुवैमाथि आगामी पाँच वर्षभित्र पार्टीलाई एक्लै चुनाव लड्ने अवस्थामा पुर्याउनुपर्ने जिम्मेवारी भएकोले पार्टी नेतृत्वमा बसेर लाग्नुपर्ने बताए ।
 
गठबन्धनले नै मुलुकको राजनीतिक नेतृत्व गर्छ : सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको आगामी राजनीतिक नेतृत्व लोकतान्त्रिक–वाम गठबन्धनले गर्ने बताएका छन् ।

krishna-prasad-sitaula-768x4491667826249.jpg
झापाको बाह्रदशीमा आज मतदातालाई धन्यवाद ज्ञापन गर्नुहुँदै नेता सिटौलाले आगामी पाँच वर्षका लागि गठबन्धनकै सरकार बन्ने र उक्त सरकारले मुलुकको राजनीतिलाई गति दिने बताए । निर्वाचनको परिणाम हेर्ने हो भने नेपालको राजनीति नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रकै सेरोफेरोमा रहने देखिएको भन्दै सिटौलाले निर्वाचनको परिणामबाट मतदातालाई नआत्तिन अनुरोध गरे । 
नेपाल र नेपालीको भविष्य बहुलवादमा आधारित सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षतामा सुरक्षित रहेको नेता सिटौलाले उल्लेख गरे । “बहुलवादसित गाँसिएर आएको सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताको विपक्षमा जाने हो भने नेपाल र नेपालीको भविष्य निरङ्कुशतामा अल्झन्छ”, उनले भने । 
हार जित स्वाभाविक भएकाले दुःख नमानी आगामी दिनका लागि सङ्गठन विस्तार गर्दै विकास–निर्माणको वातावरण बनाउन गठबन्धनका सहकर्मी सबैलाई नेता सिटौलाले आह्वान गरे । 

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  ०४:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार