Dashain Banner
Dashain Banner

काठमाडौँ–३ मा कांग्रेसको ‘क्लिन स्वीप’

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ । काठमाडौँ क्षेत्र नं ३ को सम्पन्न मतगणनाअनुसार प्रतिनिधिसभा र दुवै प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेसका सन्तोष चालिसेले १५ हजार एक सय ५८ मत प्राप्त गरी विजयी भएको मतदान अधिकृत मन्दिरा शाहीले जानकारी दिइन्। उनका निकटतम् प्रतिस्पर्धी कृष्णबहादुर राईले ११ हजार एक सय ९६ मत प्राप्त गरेका छन् । 
यसैगरी काठमाडौँ क्षेत्र नं ३ मा दुवै प्रदेशसभा सदस्यमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा सदस्य (१) तर्फ छिरिङदोर्जे लामा र प्रदेशसभा (२) मा विमल ठकुरी विजयी भएको मतदान अधिकृत शाहीले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०४:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार