Dashain Banner
Dashain Banner

ललितपुर २ प्रदेशसभा २ मा कांग्रेसका रामकृष्ण चित्रकार विजयी

मंगलबार, मंसिर ६, २०७९

पाटन । ललितपुर निर्वाचन क्षेत्र नं २ प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार विजयी भएका छन् । सत्ता गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रकारले नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र शाक्यलाई एक सय ६३ मतले पछि पार्दै बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । 
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजामा चित्रकारले छ हजार नौ सय ९५ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र शाक्यले छ हजार आठ सय ३२ मत प्राप्त गरेको निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीले जानकारी दिइन् ।  
निर्वाचन कार्यालयका अनुसार हाम्रो नेपाली पार्टीका मङ्गलकृष्ण श्रेष्ठले पाँच हजार नौ सय ५४, राप्रपाका उम्मेदवार हसिना शाक्यले तीन हजार सात सय ८५, नेमकिपाका महेन्द्र ब्रह्माचार्यले एक हजार एक सय ६८ मत प्राप्त गरेका थिए । जसपाका सवितकुमार महर्जले एक सय ३६, नेश्नलिष्ट पिपुल्स पार्टीका मनिषकृष्ण जोशीले ९७, राष्ट्रिय जनमुक्ति पार्टीका रामहरि कपालीले एक सय ५८, स्वतन्त्र उम्मेदवार मधुर महर्जनले २५, विनोद शाक्यले १८  र ज्ञानी शोभा महर्जनले ६० मत प्राप्त गरेका छन् । 
चालिस हजार सात सय ६७ मतदाता रहेको यो क्षेत्रमा प्रदेशसभा सदस्यका लागि ११ जना प्रतिस्पर्धामा थिए । 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  २०:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार