कास्की–२ मा स्वतन्त्रको कँडेलको अग्रता कायमै

मंगलबार, मंसिर ६, २०७९

अन्नपूर्ण  । कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलको अग्रता कायमै रहेको छ । जारी मतगणनामा कास्की क्षेत्र नं २ मा रास्वपाका कँडेल तीन हजार पाँच सय ४९ मतसहित अग्रस्थानमा छन् । उनलाई नेकपा (एमाले)का विद्या भट्टराईले तीन हजार तीन सय ९९ मतसहित पछ्याएको छ  । नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ बराल दुई हजार तीन सय ८८ मत प्राप्त गरेको छ । 

उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (१) मा एमालेका उम्मेदवार भीमबहादुर कार्की तीन हजार आठ सय ३४ मतसहित अग्रस्थानमा छन् भने उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयबहादुर भण्डारीले तीन  हजार सात सय ४७ मतसहित पछ्याइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १४:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार