Dashain Banner
Dashain Banner

काठमाडौँ-३ (१) मा कांग्रेसका छिरिङदोर्जे लामा विजयी

मंगलबार, मंसिर ६, २०७९

काठमाडौँ । काठमाडौँ जिल्ला क्षेत्र नं ३ को प्रदेश–१ मा नेपाली कांग्रेसका छिरिङदोर्जे लामा विजयी भएको छ । लामाले चार हजार पाँच सय ५८ मत प्राप्त गरेको निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का चन्द्रमान लामाले तीन हजार चार सय १५ मत पाएको छ । 

कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका काठमाडौँ महानगरपालिका–६ का पूर्वध्यक्ष दीपेन्द्र लामाले दुई हजार नौ सय ३३ मत पाए भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चुण्डी लामाले दुई हजार दुई सय ७६ मत पाए । निर्वाचित लामा यसअघि २०७४ सालको निर्वाचनमा पनि प्रदेशसभा सदस्य पदमा विजयी भएको थियो । 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १२:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार