काठमाडौँ ४ मा कांग्रेस महामन्त्री गगन थापा जित नजिक अगाडि

मंगलबार, मंसिर ६, २०७९

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत  काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुरुआतीदेखि अग्रता कायम राखेका छन् । 
मतगणनाको बूढानीलकण्ठ नगरपालिकाभित्रका आठ वडा र महानगरका वडा नं १ र ७ को मतगणना सकिँदा उनले पाँच हजार पाँच सय ६८ मतको अग्रता लिएका छन् । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार हाल ३७ हजार दुई सय ३२ मत गणना हुँदा थापाले १७ हजार पाँच सय १७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले ११ हजार नौ सय ४८ मत प्राप्त गरेका छन् । 
त्यसैगरी राप्रपाका उम्मेदवार डा. ठाकुर मोहन श्रेष्ठले दुई हजार दुई सय ६८ मत प्राप्त गरेका छन् । सो क्षेत्रको मत गणना सुरु भएदेखि नै थापाको अग्रता कायम रहेको छ । 
काठमाडौँ क्षेत्र नम्बर ४ प्रदेशसभा ९२० तर्फको बूढानीलकण्ठ वडा नं १, २, ८, ९, १०, ११, १२ र १३ पर्दछन् यस क्षेत्रको गणना सकिएको छ । काठमाडौँ–४ प्रदेशसभा (१) अन्तर्गत पर्ने काठमाडौँ महानगरका वडा नम्बर १ र ७ को मत गणना सकिएको छ भने महानगरका वडा नं ८ र ३० को मत गणना जारी छ । काठमाडौँ–४ निर्वाचन क्षेत्रबाट ३१ उम्मेदवार रहेका छन् । 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १०:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार