नवलपुरमा मतपेटिकामा एसिड प्रहार गर्ने एक जना पक्राउ

आइतबार, मंसिर ४, २०७९

बुटवल । नवलपुरको देवचुली नगरपालिका ४ मा मतपेटिकामा एसिड प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झाक्रेस्थित शान्ती सृजना आधारभूत विद्यालय बुथमा प्रदेश समानुपातिकतर्फको मतपेटिकामा एसिड हालेर आगो लागाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय नारायण भण्डारी रहेका छन् । उनले आज दिउँसो  ४:१२ बजे मतपेटिकामा एसिड प्रहार गरेका थिए ।
 

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १८:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार