उपत्यकाकाको निर्वाचन सुरक्षामा मात्रै म्यादीसहित ११ हजार सरक्षाकर्मी परिचालन

निर्वाचनलाई प्रभावित गर्न उपत्यकाका विभिन्न स्थानमा राखिएका शङकास्पद वस्तु सेनाले हटायो 
शनिबार, मंसिर ३, २०७९

काठमाडौँ । भोलि हुने चुनाव प्रभावित पार्ने उद्देश्यले काठमाडौँका विभिन्न चार स्थानमा राखिएका शङ्कास्पद वस्तु हटाइएकोे छ ।  निर्वाचनको पूर्वसन्ध्यामा तर्साउनका लागि राखिएको नक्कली वस्तु आज हटाइसकिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । 
उनका अनुसार ती सबै वस्तु नक्कली रहेको र नेपाली सेनाको बम डिस्पोजल टोलील हटाएको हो । उनले ती वस्तुहरू ललितपुरको एकान्तकुना, काठमाडौँको तारकेश्वर नगरपालिका–१, भत्केको पुल नजिक र अर्काे बूढानीलकण्ठको स्पेसलचोकमा फेला परेको जानकारी दिए ।
निर्वाचनको मौन अवधि सुरु भएसँगै प्रहरीले सुरक्षा व्यवस्था चुस्त पारेको उनले बताए । उनले उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा कूल पाँच हजार चार सय ७३ म्यादी र र चार हजारमाथि नेपाल प्रहरी निर्वाचनका लागि खटिएका जानकारी दिए । नियमित सुरक्षामा तीन हजारभन्दा बढी परिचालित रहेका छन् । अझै निर्वाचनमा सुरक्षा जनशक्ति बढाउने क्रममा रहेका पनि उनले बताए । “निर्वाचनको शान्तिसुरक्षामा कुनै कसर बाँकी राखिएको छैन, निर्वाचन लक्षित सुरक्षा योाजना अनुसारका टोलीहरू खटिएर गइसकेका छन्, निर्वाचन शान्तिपूर्ण हुन्छ”, रिजालले भने । 

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  ०५:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार