Dashain Banner
Dashain Banner

धनकुटा बहुमुखी क्याम्पस प्रमुख होमबहादुर बस्नेतलाई स्पष्टीकरण

शुक्रबार, मंसिर २, २०७९

धनकुटा । निर्वाचन आयोगले धनकुटा बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर बस्नेतलाई स्पष्टीकरण सोधेको छ । क्याम्पस प्रमुख  बस्नेतले आफ्नो फेसबुक पेजमार्फत राजनीतिक दलको चुनावी प्रचारप्रसार गरेको भनी उजुरी परी राष्ट्रिय सतर्कता केन्द्रमार्फत आयोगमा लेखी आएकोले आयोगले स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १०, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा “कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने” र ऐ. दफाको खण्ड (ज) मा “सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने” व्यवस्था छ । उल्लेखित सन्दर्भमा तपाईंलाई कुनै माध्यमबाट यो पत्र प्राप्त भएको २४  घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगाना ecn.ppm@election.gov.np मा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ ।

(क) तपाईंले राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसार गरेको होईन भन्ने आधार प्रमाण के छ ?

(ख) तपाईंबाट दलका उम्मेदवारको प्रचारप्रसार गर्ने कार्य भएको अवस्थामा निर्वाचन आचारसंहिता, २०७९  को दफा १० को खण्ड (क) र (ज) को उल्लङ्घन हुने हुँदा तपाईंलाई निर्वाचन आचारसंहिताका उल्लेखित दफाहरुको उल्लङ्घनमा निर्वाचन आयोग ऐन, २०७३  को दफा २३  को उपदफा (३) बमोजिम जरिबाना र ऐ. ऐनको दफा ४४  बमोजिम विभागीय कारवाही किन हुनु नपर्ने हो ? स्पष्टीकरणमा सोधिएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  ०८:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार