Dashain Banner
Dashain Banner

सरल स्वभावका राजकाजी महर्जन तेस्रो पटक संसद् भवन छिर्ने अन्तिम तयारीमा

बिहीबार, मंसिर १, २०७९

निवर्तमान बागमती प्रदेशसभा सदस्य राजकाजी महर्जन तेस्रो पटक संसद भवन छिर्ने अन्तिम तयारीमा छन् । ललितपुर ३ (१) बाट बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार उनको चुनावी माहोल हेर्दा सहजै तेस्रो पटक संसद भवन छिर्ने उम्मेदवारका रुपमा हेरिएको छ । 
राजकाजी २०६४ सालमा भएको संविधान सभा निर्वाचनमा सबै भन्दा कान्छो संविधान सभा सदस्य भएर इतिहासमा नाम लेखाउन सफल जनप्रतिनिधि हुन् । २०७४ सालमा भएको संसदीय निर्वाचनमा उनी बागमती प्रदेश सभाका लागि ललितपुर क्षेत्र नं ३ (क) बाट प्रदेश सांसद भइसकेका छन् । मिहिनेती र कर्मठ नेताको  छवि बनाएका उनमा दुई–दुई पटक सांसद भइसक्दा पनि कहिल्यै, अहमताले छोएन । उनमा म सांसद हुँ भन्ने घमण्ड कहिल्यै आएन् । 

viber_image_2022-11-17_14-18-25-3581668678365.jpg
२०७२ सालको विनासकारी भूकम्प गएका बेला ज्यामी बनेर होस वा महामारीको रुपमा फैलिएको कोभिडका बेला चौबिसै घण्टा जनताको सेवामा तल्लिन नेताका रुपमा आफूलाई जनतामाझ चिनाउन सफल भए उनी ।  

viber_image_2022-11-17_14-18-28-0361668678363.jpg
राजकाजी यस्ता जनप्रतिनिधि हुन् कोभिड महामारीका बेला सबै घर भित्र बसेका बेला आफ्नो गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न पछिपरेनन् । बिरामीलाई हौसला दिन रातदिन नभनी घर घर तथा अस्पताल अस्पताल चाहरी रहे । कोरोना कालमा आफ्नै परिवारका सदस्य बिमारी हु्ँदा पनि पनि बिरामीलाई  ढोकामा खाना राखिदिनु पर्ने अवस्था थियो, त्यस्तो बेलामा पनि उनी मेडिकल पन्जा र माक्सका भरमा बिरामीलाई समातेर आफ्नो गाडीमा राख्दै अस्पतालसम्म पुर्‍याउथ्ये ।  घर–टोल सबै तिर सेनिटाईज छर्न पनि उनी पछि परेनन् । 

viber_image_2022-11-17_14-18-26-7761668678365.jpg
जनताको दुख, बिरामी, मर्दा–पर्दा हरेक पलमा उभिन सफल राजकाजी महर्जनले द्वन्दकालमा आफूले भोग्नु परेको सकस सम्झेर नै आफू जस्तो सुकै परिस्थितिमा पनि नथाक्ने बन्न सकेका हुन् । ललितपुर क्षेत्र न ३ (१) अन्तर्गत पर्ने गोदावरी नगरपालिका वडा न. १२ ठेचो, वडा न. १४ ठैव, ललिपतुर महानगरपालिका वडा न. ५ लगनखेल, वडा न.१३ कुसुन्ती, वडा न. १४ नख्खिपोट, वडा न.१५ सातदोबाटो, वडा न. २३ धापाखेल ,वडा न. २४ धापाखेल, वडा न.२६ सुनाकोठी , वडा न.२७ सुनाकोठी, वडा न. २८ हरिसिद्दि ,वडा न. २९ हरिसिद्दिमा उनले गुठी, खेलकुद, परम्परा र संस्कृतिको जगेर्नामा उत्तिकै योगदान दिएका छन् ।

viber_image_2022-11-17_14-18-30-3741668678363.jpgबागमती प्रदेश सभा सदस्यका हैसियमा उनले थालनी गरेका भौतिक पूर्वाधारका काम अझै केही निर्माणधिन छन् । केही स्थानमा जनताले माग गरेका योजना छन ती सबै कामका लागि यस पटक उनलाई बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारका रुपमा विजयी गराउनु आवश्यक छ । जनतासँग सहजै घुलमिल हुने तथा सरल स्वभावकै कारण आजसम्मको घर दैलोमा अभूतपूर्व रुपमा साथ पाइरहेका छन् ।

viber_image_2022-11-17_14-18-31-8161668678362.jpgघर दैलोमा सहभागी हुँदा सहजै अनुमान  लगाउन सकिन्छ उनको पक्षमा निक्यै ठूलो चुनावी माहोल बनेको छ । उनी ललितपुरका कुनै पनि बर्ग, पार्टी, ठूला, साना सबैको पहुचको व्यक्तित्व बनेकै कारण जनताको यति धेरै माया पाउन सफल भएका हुन् । यति सजिलै भेट गर्न पाउँदा राजकाजी जनप्रतिनिधि होइनन् कि भन्ने पनि लाग्छ । यति सजिलै अन्य सासंदलाई भेट्न पाइँदैन । अन्य सांसदलाई भेट गर्न उनका स्वकीयसचिवलाई फोन गरेर समय लिनुपर्ने अवस्था छ । तर राजकाजीलाई भेट्न चाहनेले यो अवस्था कहिल्यै बेहोर्नु परेन । त्यसैले उनको यो छवि नै काफि छ, आइतबारको निर्वाचनबाट नतिजा निकाल्नका लागि ।  

viber_image_2022-11-17_14-18-34-6161668678361.jpg

viber_image_2022-11-17_14-18-33-2371668678360.jpg

viber_image_2022-11-17_14-18-37-4221668678359.jpg

viber_image_2022-11-17_14-18-38-6511668678358.jpg

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १५:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार