निवर्तमान बागमती प्रदेशसभा सदस्य राजकाजी महर्जन तेस्रो पटक संसद भवन छिर्ने अन्तिम तयारीमा छन् । ललितपुर ३ (१) बाट बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार उनको चुनावी माहोल हेर्दा सहजै तेस्रो पटक संसद भवन छिर्ने उम्मेदवारका रुपमा हेरिएको छ ।
राजकाजी २०६४ सालमा भएको संविधान सभा निर्वाचनमा सबै भन्दा कान्छो संविधान सभा सदस्य भएर इतिहासमा नाम लेखाउन सफल जनप्रतिनिधि हुन् । २०७४ सालमा भएको संसदीय निर्वाचनमा उनी बागमती प्रदेश सभाका लागि ललितपुर क्षेत्र नं ३ (क) बाट प्रदेश सांसद भइसकेका छन् । मिहिनेती र कर्मठ नेताको छवि बनाएका उनमा दुई–दुई पटक सांसद भइसक्दा पनि कहिल्यै, अहमताले छोएन । उनमा म सांसद हुँ भन्ने घमण्ड कहिल्यै आएन् ।

२०७२ सालको विनासकारी भूकम्प गएका बेला ज्यामी बनेर होस वा महामारीको रुपमा फैलिएको कोभिडका बेला चौबिसै घण्टा जनताको सेवामा तल्लिन नेताका रुपमा आफूलाई जनतामाझ चिनाउन सफल भए उनी ।

राजकाजी यस्ता जनप्रतिनिधि हुन् कोभिड महामारीका बेला सबै घर भित्र बसेका बेला आफ्नो गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न पछिपरेनन् । बिरामीलाई हौसला दिन रातदिन नभनी घर घर तथा अस्पताल अस्पताल चाहरी रहे । कोरोना कालमा आफ्नै परिवारका सदस्य बिमारी हु्ँदा पनि पनि बिरामीलाई ढोकामा खाना राखिदिनु पर्ने अवस्था थियो, त्यस्तो बेलामा पनि उनी मेडिकल पन्जा र माक्सका भरमा बिरामीलाई समातेर आफ्नो गाडीमा राख्दै अस्पतालसम्म पुर्याउथ्ये । घर–टोल सबै तिर सेनिटाईज छर्न पनि उनी पछि परेनन् ।

जनताको दुख, बिरामी, मर्दा–पर्दा हरेक पलमा उभिन सफल राजकाजी महर्जनले द्वन्दकालमा आफूले भोग्नु परेको सकस सम्झेर नै आफू जस्तो सुकै परिस्थितिमा पनि नथाक्ने बन्न सकेका हुन् । ललितपुर क्षेत्र न ३ (१) अन्तर्गत पर्ने गोदावरी नगरपालिका वडा न. १२ ठेचो, वडा न. १४ ठैव, ललिपतुर महानगरपालिका वडा न. ५ लगनखेल, वडा न.१३ कुसुन्ती, वडा न. १४ नख्खिपोट, वडा न.१५ सातदोबाटो, वडा न. २३ धापाखेल ,वडा न. २४ धापाखेल, वडा न.२६ सुनाकोठी , वडा न.२७ सुनाकोठी, वडा न. २८ हरिसिद्दि ,वडा न. २९ हरिसिद्दिमा उनले गुठी, खेलकुद, परम्परा र संस्कृतिको जगेर्नामा उत्तिकै योगदान दिएका छन् ।
बागमती प्रदेश सभा सदस्यका हैसियमा उनले थालनी गरेका भौतिक पूर्वाधारका काम अझै केही निर्माणधिन छन् । केही स्थानमा जनताले माग गरेका योजना छन ती सबै कामका लागि यस पटक उनलाई बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारका रुपमा विजयी गराउनु आवश्यक छ । जनतासँग सहजै घुलमिल हुने तथा सरल स्वभावकै कारण आजसम्मको घर दैलोमा अभूतपूर्व रुपमा साथ पाइरहेका छन् ।
घर दैलोमा सहभागी हुँदा सहजै अनुमान लगाउन सकिन्छ उनको पक्षमा निक्यै ठूलो चुनावी माहोल बनेको छ । उनी ललितपुरका कुनै पनि बर्ग, पार्टी, ठूला, साना सबैको पहुचको व्यक्तित्व बनेकै कारण जनताको यति धेरै माया पाउन सफल भएका हुन् । यति सजिलै भेट गर्न पाउँदा राजकाजी जनप्रतिनिधि होइनन् कि भन्ने पनि लाग्छ । यति सजिलै अन्य सासंदलाई भेट्न पाइँदैन । अन्य सांसदलाई भेट गर्न उनका स्वकीयसचिवलाई फोन गरेर समय लिनुपर्ने अवस्था छ । तर राजकाजीलाई भेट्न चाहनेले यो अवस्था कहिल्यै बेहोर्नु परेन । त्यसैले उनको यो छवि नै काफि छ, आइतबारको निर्वाचनबाट नतिजा निकाल्नका लागि ।



