सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन मङ्सिर ४ गते काठमाडौँ उपत्यकमा सार्वजनिक सवारी साधन सञ्चालन नहुने भएका छन् । निर्वाचमा शान्ति सुरक्षालाई दुष्टिगत गरी काठमाडौँ, ललितपुर र भक्तपुरमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को आज बसेको संयुक्त बैठकले मतदानका दिन निर्वाचन आयोगको मापदण्डअनुसार सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको काठमाडौँका प्रजिअ घनश्याम उपाध्यायले जानकारी दिए । निर्वाचन आयोगले मापदण्ड तोकेका र पास भएका सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधन नचल्ने उनले उल्लेख गरे । मतदानका दिन बिहान ४ गतेदेखि बेलुकी ७ बजेसम्म उपत्यकामा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो । बैठकले सवारी साधनको व्यवस्थापन गर्ने, मदिराको ओसारपसार, बिक्रीवितरण र सेवनमा रोक लगाउने बैठकले निर्णय गरेको छ । अत्यावश्यक सेवाबाहेक मङ्सिर १ र २ गते तीनवटै जिल्ला प्रशासनको सेवा बन्द गर्ने निर्णय गरिएको उनको भनाइ छ । खानेपानी, विद्युत्, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधन भने सञ्चालन हुनेछन् ।
९० म्यादी प्रहरी कारबाहीमा
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा परेका छन् । प्रहरी नायब महानिरीक्षक एवं प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार यही कात्तिक २९ गतेसम्म ८९ जना पुरुष र एक महिला म्यादी प्रहरी कारबाहीमा परेका हुन् । “आचार संहिता विपरित काम गर्ने म्यादी प्रहरीलाई कारबाही गरिएको हो”, उनले भने, “कारबाहीमा पर्नेमा अधिकांश मादक पदार्थ सेवन गरी कार्यस्थलमा खटिने छन् । उहाँहरुलाई पटक–पटक चेतावनी दिँदासमेत अटेर गरेपछि कारबाही गरिएको हो ।” प्रवक्ता राईका अनुसार अनुसार कारवाही पर्नेमा प्रदेश नं १ मा ४८ , काठमाडौँ उपत्यकामा एक र बागमती प्रदेशमा पाँच रहेका छन् । त्यसैगरी गण्डकी प्रदेशमा २४ , लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिममा सात छन् । काठमाडौँ उपत्यका सहित सात प्रदेशमा एक लाख १५ हजार म्यादी प्रहरीको कोटा रहेकामा हाल एक लाख १४ हजार आठ सय ७७ उपस्थित भएका छन् । यसमा पुरुष ८४ हजार दुई सय ४८ र महिला ३० हजार छ सय २९ छन् ।