जनताको मूलभूत समस्या समाधान गर्छु  :  विनोद चौधरी 

मंगलबार, कात्तिक २९, २०७९
Global Ime Bank

मध्यबिन्दु ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पश्चिम नवलपरासी क्षेत्र नं १ का उम्मेदवार विनोद चौधरीले जनताको मूलभूत समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका  छन्  । पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा आज आयोजित लोकतान्त्रिक–वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताको समस्या व्यापक रहेको र त्यसलाई आफूले समाधान गर्ने बताए  । “नवलपरासीका विभिन्न क्षेत्रमा पुगे, समस्या हेर्दा अत्यन्त दुःख लाग्छ”, चौधरीले भने , “यहाँका समस्या हेर्दा केही समाधान भएको लागेन, शिक्षा, स्वास्थ्य, रोजगार, किसान सबैमा समस्या छ, त्यो समस्या समाधान गर्न पनि मेरो उम्मेदवारी रहेको छ ।”     
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १७:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार