सोसल मिडिया
Contact Us
युनिकोड
रोल्पा । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यहाँको सुरक्षा व्यवस्थापनलाई चुस्त बनाइएको छ । यहाँ ८६ मतदानस्थलमा एक सय ७७ मतदान केन्दको व्यवस्था गरिएको छ । मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा बाँडेर सुरक्षा व्यवस्था मिलाइएको छ । छयासीमध्ये ३१ मतदानस्थललाई अतिसंवेदनशील मतदानस्थलका रूपमा राखिएको छ । जिल्लाका अतिसंवेदनशील मतदानस्थलमा थवाङमा तीन, त्रिवेणीमा एक, रुन्टीगढीमा छ, परिवर्तनमा दुई, गङ्गादेवमा छ, माडीमा एक, सुनछहरीमा पाँच र लुङ्ग्री गाउँपालिकामा पाँच सहित रोल्पा नगरपालिकामा दुई छन् । गत स्थानीय तह निर्वाचनमा ८१ मतदानस्थल रहेको जिल्लामा जनसङ्ख्या, भौगोलिक अवस्था, यातायात र सुरक्षा अवस्था हेरेर गत भदौमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले पाँच मतदान केन्द्र थप्ने गरी सिफारिस गरेको थियो । अस्थायी मतदान केन्द्रका रूपमा सदरमुकाम लिवाङको कारागार कार्यालय र जिल्ला समन्वय समिति प्राङ्गणमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ । ती केन्द्रमा कैदी, सेना प्रहरी तथा वृद्धाश्रमका रहेका व्यक्तिले समानुपातिक निर्वाचनमा मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय रोल्पाका निर्वाचन अधिकारी पदमबहादुर डाँगीले जानकारी दिए । प्रदेशसभा (१) मा ६८ हजार एक सय ६४ र प्रदेशसभा (२) मा ७७ हजार तीन सय सातसहित जिल्लामा एक लाख ४५ हजार चार सय ७१ मतदाता रहेका छन् । प्रतिनिधिसभामा पाँच दलले उम्मेदवारी दर्ता गराएका छन् । यसरी उम्मेदवारी दर्ता गर्ने दलमा लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन, नेकपा( एमाले)बाट पूर्ण बुढामगर, नेपाल मजदुर किसान पार्टीबाट नातीभाइ ह्योम्बा ,राप्रपा नेपालका रामबहादुर वली क्षेत्री र राप्रपाबाट लीला रावत प्रतिस्पर्धामा उत्रिएका छन् । प्रदेशसभा–१ मा माओवादी केन्द्रका जोखबहादुर महरा, एमालेका कमल बुढाथोकी, राप्रपा नेपालका गङ्जबहादुर शाही र राप्रपाका पदमबहादुर थापाले प्रतिस्पर्धा गर्दैछन् । प्रदेशसभा–२ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका अमरसिंह पुन, राप्रपाका केशरबहादुर पुन, स्वतन्त्रबाट दीपेन्द्रकुमार पुनमगर, एमालेका प्रेमबहादुर घर्तीमगर र राप्रपाका सेते दमाईबीच प्रतिस्पर्धा हुने भएको छ । सडकआश्रित मानवको व्यवस्थापन गर्न काठमाडौँ महानगर प्रतिबद्ध काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यहाँको सडकआश्रित मानव (असहाय, बेसहारा)को व्यवस्थापनमा प्रतिबद्ध रहेको जनाएको छ । महानगरका प्रमुख बालेन्द्र साहले सडकआश्रित मानवको व्यवस्थापनमा महानगरले विगतमा पनि काम गर्दै आएको र आगामी दिनमा पनि अझै प्रभावकारीरूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । मानवसेवा आश्रमसँगको सहकार्यमा महानगरले उनीहरूको व्यवस्थापन कार्य गर्दै आएको र यो क्रमलाई थप प्रभावकारिताका साथ निरन्तरता दिने विषयमा महानगर र आश्रमबीच सोमबार छलफलसमेत भएको थियो । सडकआश्रित मानवको व्यवस्थापनका लागि भएको योजना तथा समीक्षा बैठकमा महानगर प्रमुख साहले भने, “बेसहारा मानिसको उद्धार र व्यवस्थापनमा काठमाडौँ महानगरपालिका प्रतिबद्ध छ, त्यसका लागि आश्रमसँग सहकार्य भइरहेको र अझै प्रभावकारीरूपमा कार्य अघि बढाउने छौँ ।” बैठकमा यसअघि भएका सहयोग तथा सम्झौता र त्यसको कार्यान्वयनका साथै सहयोगापेक्षी मानवहरूको व्यवस्थापनमा आश्रममाथि आइपरेका चुनौती र समाधानका विषयमा छलफल भएको थियो । पछिल्लो समयमा तीनै तहका सरकारबाट हातेमालोको प्रयास भइरहेको र केही सहयोगसमेत प्राप्त भए पनि त्यो अत्यन्त न्यून रहेको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए । काठमाडौँ महानगरपालिकाको आर्थिक स्रोतमा नागार्जुन नगरपालिकाले जग्गा उपलब्ध गराई नागार्जुन नगरपालिकाभित्र सहिद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रम निर्माण गर्ने सम्बन्धमा विगतमा सम्झौता भएको थियो । बैठकले नागार्जुन –६ मा आश्रमको भवन निर्माणका लागि जग्गाको स्वामित्व नेपाल सरकारबाट नगरपालिकाको मातहतमा ल्याउन बाँकी रहेकाले नगरपालिकालाई प्रक्रिया अगाडि बढाउन अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै सडकपेटी र सार्वजनिकस्थलबाट मानिसको उद्धार गरी आश्रम वा अस्पतालसम्म लैजान र आश्रममा रहेका व्यक्तिलाई अस्पतालसम्म ल्याउन र लैजानका लागि महानगरपालिकाले सञ्चालन गरिरहेको एम्बुलेन्स सेवा प्रयोग गर्ने र सडकआश्रित मानवहरूको अवस्थाबारे जानकारी लिन १०२ नम्बरको एम्बुलेन्स सेवाको हटलाइनलाई प्रयोग गरिने भएको छ । यस्तै आश्रमको खानेपानीमा देखिएको समस्या समाधानका लागि आवश्यक पहल गर्ने तथा अन्य समस्याका विषयमा समन्वययात्मक रूपमा बैठक बसेर समाधान गर्दै जाने विषयमा महानगर र आश्रमबीच समझदारीसमेत भएको जनाइएको छ । आश्रमले महानगरपालिकाका सडकबाट हालसम्म एक हजार सात सय बढीको उद्धार गरिसकेको छ । चार सय ५३ जनाको पारिवारिक पुनर्मिलन गराइसकेको छ । हाल आश्रममा दुई सय १३ जनाले सेवा पाइरहेका छन् ।