एमालेको पक्षमा ललितपुर–३ मा चुनावी माहोल नबनेपछि स्वयम उपस्थित भए ओली

मंगलबार, कात्तिक २९, २०७९
Global Ime Bank

ललितपुर । आफूले विश्वास गरी टिकट दिएका उम्मेदवारको पक्षमा चुनावी माहोल नदेखिएपछि एमाले अध्यक्ष  केपी शर्मा ओली ललितपुर क्षेत्र नं ३ को चुनाव प्रचारका लागि भैंसेपाटीमा आयोजित चुनावी र्‍यालीमा सहभागी भएका छन् । एमालेमा वर्षाैदेखि क्रियाशील पार्टीका क्याडरहरूलाई टिकट नदिएर व्यापारीलाई टिकट दिएको भन्दै कार्यकर्तामाझ असन्तुष्टि पोखिन थालेपछि ओलीले कार्यकर्तालाई थामथुम पार्न मंगलबार बिहान क्षेत्र नं ३ को चुनावी र्‍यालीमा सहभागी भएका हुन् ।  
आज बिहान ललितपुर–३ भैसेपाटीमा नागरिक समाजको नाममा आयोजना गरिएको पैदलयात्रा कार्यक्रममा अध्यक्ष ओली सहभागी भएका हुन् । सञ्चारकर्मी भुषण दाहाल र टेलिभिजनकर्मी सुरजसिंह ठकुरीलगायतका युवाले आयोजना गरेको पदयात्रामा ओली सहभागी भएका हुन् ।  

315520425_3219293311716561_4137643364902402944_n1668499517.jpg
ललितपुर क्षेत्र नं ३ मा एमाले प्रतिनिधि सभाका उम्मेदवार अमृत खड्का र प्रदेश  ३ (२)  प्रेमभक्त महर्जनसहित नागरिक समाज र बुद्धिजीविको पदयात्रामा सहभागी भएका थिए । भैँसेपाटी क्षेत्रमा अध्यक्ष ओलीलाई वरिष्ठ पत्रकार भुषण दाहाल र टेलिभिजनकर्मी सुरजसिंह ठकुरीले माला तथा खादा लगाएर स्वागत गरेका थिए । 
स्वागतपछि ओलीलाई अगुवाहरुले भैँसेपाटी आवास क्षेत्रमा पैदलयात्रा गराएका थिए । एउटै व्यक्तिले पटक पटक अवसर पाउँदा यो क्षेत्रको विकास हुन नसकेको गुनासो भैरहेको बेला अध्यक्ष ओलीले अब देश विकास गर्ने वागडोर युवाको हुनुपर्ने बताएका थिए । उनले भने, ‘अहिलेको समयामा  युवाको महत्वपूर्ण भूमिका रहेको छ ।' 
पैदल यात्रामा एमाले ललितपुरका इन्चार्ज एवं पोलिटब्युरो सदस्य शुशिला नेपाल,  केन्द्रीय सदस्य एवं सहइन्चार्ज हरिकृष्ण ब्यञ्जनकार ,  केन्द्रिय सदस्य वावुराम थापा, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य वागमती प्रदेश सदस्य दामोदर थापा, जीवन खड्का, केशव आचार्य, प्रदेश कमिटीका सदस्य बाबुकाजी प्रधानलगायत सयौ नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । 
कार्यक्रममा अध्यक्ष ओलीले सो क्षेत्र प्रदेश तथा प्रतिनिधि सभाका उम्मेदवारलाई विजयको शुभकामना दिएका छन् । नागरिक अगुवा केशव आचार्यले एमाले पार्टीले प्रतिनिधि सभाका लागि अमृत खड्का जस्ता उद्यमशील र भिजन भएका व्यक्तित्वलाई उम्मेदवार खडा गरेकामा आफूहरु खुशी भएर ओलीलाई धन्यवाद ज्ञापन गरेको बताए । 

315523592_542546297203440_8053454207596687369_n1668499541.jpg
ललितपुर क्षेत्र नं ३ प्रतिनिधिसभाका उम्मेदवार खड्काले आफू विगतमा गाविस अध्यक्ष रहँदा गरेको भैँसेपाटी क्षेत्रको कालोपत्र २५ वर्ष सम्म उस्तै रहेको बताउँदै अब ललितपुरले गफ मात्र गर्ने नभइ यस्तै दिगो विकास गर्ने सक्ने भिजन भएका उम्मेदवारको खोजी गरेको भनाइ राखे ।
उनले भने, “सामान्यतया प्राबिधिक इञ्जिनीयरहरुले पनि जतिसुकै बलियो भए पनि कालोपत्र बढीमा ६ देखि ७ वर्ष भन्दा धेरै टिक्दैन भन्ने गर्थे तर हामीले गरेको कालोपत्र सांसरकै आश्चर्यजनक उद्धाहरुण बन्न सफल भएको छ ।”
सो क्षेत्र ३ (२) प्रदेश सभाका उम्मेदवार प्रेमभक्त महर्जनले आउँदो मंसिर ४ गतेपछि  मुलुकमा एमालेको सरकार आउने ठोकुवा गरे । प्रदेश कमिटीका सदस्य बाबुकाजी प्रधान, ललितपुर जिल्ला कमिटीका अध्यक्ष पुरुषोतम आचार्य तथा नागरिक समाजका अगुवाहरु सहित एमालेका नेता तथा कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १३:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार