समृद्धिको जनआकाङ्क्षा गठबन्धनले पूरा गर्छ : पर्यटनमन्त्री श्रेष्ठ

सोमबार, कात्तिक २८, २०७९
Global Ime Bank

काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा काठमाडौँ क्षेत्र नं ८ का प्रतिनिधिसभा सदस्य उम्मेदवार जीवनराम श्रेष्ठले जनताको समृद्धिको आकाङ्क्षालाई वाम(लोकतान्त्रिक गठबन्धनले पूरा गर्ने दाबी गरेका  छन्  ।   वाम लोकतान्त्रिक गठबन्धनले आज काठमाडौँको कलङ्कीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सत्तास्वार्थका लागि नभएर राष्ट्रिय आवश्यकताका कारण वाम(लोकतान्त्रिक गठबन्धन बनेको भन्दै समृद्धिको जनआकाङ्क्षा आफूहरुले पूरा गर्ने बताए  ।

    प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलबीच रहेको गठबन्धन कायम रहने जानकारी दिनुहुँदै उनले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने उल्लेख गरे ।सत्ता(गठबन्धनले निर्वाचनमा अत्यधिक बहुमत ल्याउने दाबी गर्नुहुँदै उनले  राष्ट्र निर्माण, लोकतन्त्र रक्षा र जनताको समृद्धिको चाहना पूरा गर्ने बताउनुभयो । उहाँले देशलाई प्रतिगमनबाट मुलुकलाई बचाउन निर्वाचनमा गठबन्धन एकढिक्क भएको बताए  ।

    काठमाडौँ क्षेत्र नं ८ मा आफूले सुरू गरेका कैयौँ परियोजना निरन्तरताका लागि उम्मेदवार बनेको उनले जानकारी दिए  । मन्त्री श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने आफ्नो योजना रहेको उल्लेख गरे  ।   सम्पदा क्षेत्रका जनताले पर्यटनबाट प्रत्यक्ष लाभ लिने वातावरण बनाउन स्थानीयवासीलाई सीपमूलक तथा आयआर्जनका कार्यक्रममा सामेल गरिने उनको भनाइ छ । रासस  

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  १४:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार