दुर्गमका मतपेटिका हेलिकोप्टरमार्फत ल्याउन सिफारिस

सोमबार, कात्तिक २८, २०७९
Global Ime Bank

फुङ्लिङ । ताप्लेजुङको दुर्गम क्षेत्रका चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत मुख्य निर्वाचन कार्यालयसम्म ल्याउन निर्वाचन आयोगमा सिफारिस गरिएको छ । यातायातको पहुँच नपुगेको र सदरमुकामदेखि धेरै लामो दूरी हुने मतदान केन्द्रका मतपेटिका  ल्याउन जिल्ला निर्वाचन व्यवस्थापन समितिले सिफारिस गरेको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले बताए ।   

खनालका अनुसार फक्ताङलुङ गाउँपालिका-७ ओलाचुङगोला, याङ्मा, फक्ताङलुङ गाउँपालिका-६ घुन्सा र ग्याब्लाको मतपेटिका हेलिकप्टरमार्फत ल्याउन सिफारिस गरिएको छ । 
 
फक्ताङलुङ गाउँपालिका ६ स्थित घुन्सा आधारभूत विद्यालय मतदान केन्द्रमा एक सय ६९ र ग्याब्ला आधारभूत विद्यालय मतदान केन्द्रमा ६७ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ओलाङचुङगोलास्थित वडा कार्यालय मतदान केन्द्रमा दुई सय ८४ र याङ्मा आधारभूत विद्यालय मतदान केन्द्रमा ६१ मतदाता छन् ।  गत प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा सो क्षेत्रका मतपेटिका हेलिकप्टरबाट फुङलिङ ल्याइएको थियो । रासस

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  १३:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार