एमालेले चुनाव जित्ने अध्यक्ष ओलीको दाबी

आइतबार, कात्तिक २७, २०७९
Global Ime Bank

सुर्खेत ।  नेकपा  एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ पछि एमालेको बहुमतको सरकार बन्ने दाबी गरेका  छन्  । आइतबार सुर्खेतमा आयोजित निर्वाचन सभालाई सम्बोधन गर्दै उहाँले यस पटकको निर्वाचन सामान्य अवस्थाको जस्तो सरकार बनाउनका लागि मात्रै निर्वाचन नभएको बताए  ।मङ्सिर ४ को निर्वाचनबाट देश बचाउने शक्तिलाई ल्याउन जनता सचेत हुनुपर्छ भन्दै उनले देशको सार्वभौमसत्ता जोगाउने बलियो राष्ट्रिय शक्ति बनाउन जरुरी रहेको र त्यो शक्ति एमाले भएको बताए  । उनले सबै शक्ति मिलेर एमालेलाई सिध्याउने प्रयास गरे पनि त्यो सफल हुन नसकेको भन्दै सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा बोकेको पार्टीलाई जनताको ठूलो साथ रहेको बताए  । 

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १८:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार