सञ्चारमन्त्री  ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी  

आइतबार, कात्तिक २७, २०७९
Global Ime Bank

 काठमाडौँ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी परेको छ । गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं। ४ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका सञ्चारमन्त्री कार्कीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।   नेकपा एमाले निर्वाचन परिचालन कमिटी सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ ले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ । जसपा नेतासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका एमाले सुनसरी क्षेत्र नं। ४ निर्वाचन परिचालन कमिटीका संयोजक सरोज पोखरेलले मन्त्री कार्कीविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी दर्ता गराएका छन्  ।   सञ्चारमन्त्री कार्कीलाई प्रहरी प्रशासनको दुरुपयोग गरेको, चुनावी प्रचारमा धेरै सवारी साधन प्रयोग गरिएको लगायतका आरोप लगाइएको छ । पोखरेलले मन्त्री कार्कीले जनप्रतिनिधिहरुलाई चुनावी प्रचारप्रसारमा समेटेको र सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय मातहतका कर्मचारीहरु समेतलाई चुनावी प्रचारप्रसारमा सामेल गराएकाले उजुरी दिनुपरेको बताए ।  मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले प्रतिनिधि सभा सदस्य उम्मेदवार कार्की र स्थानीय निकायका प्रमुखहरुले आचारसंहिता उल्लंघन गरेको उजुरी आफूले प्राप्त गरेको बताएका छन्  । उनले भने  उजुरीको विस्तृत रुपमा अध्ययन गर्न बाँकी रहेको  छ  अध्ययनपछि आवश्यक प्रक्रिया अगाडि बढाइने  छ  । 

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १८:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार