सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौ । राप्रपाका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा उम्मेदवार रहेका रवीन्द्र मिश्रले नेपाली कांग्रेस र नेकपा एमाले समर्थितहरूलाई ती पार्टीका नेतृत्व सुधार गर्न मन र मत बदल्न आग्रह गरेका छन्।आज राप्रपाले काठमाडौंको बसन्तपुरमा गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै मिश्रले नेताहरू शानको साथ हिँड्ने र जनताले गल्लीको जीवन विताउनुपरेको बताए। उनले भने कांग्रेस र एमालेका साथीहरूलाई मेरो आग्रह के हो भने यो पटक तपाईंहरूको तत् तत् पार्टी सुधार गर्नको लागि पनि, तपाईंहरूको पार्टीको विकृत नेतृत्वलाई विस्थापित गर्नका लागि पनि तपाईंहरूले एकचोटी मन र मत परिवर्तन गरिदिनुस्,’ मिश्रले भने, ‘तपाईंहरूले मन र मत परिवर्तन गर्नुहोस ।