समानुपातिकतर्फ मतदानका लागि अस्थायी मतदान केन्द्र तोकियो

प्रतिनिधि सभा सदस्य निर्वाचन
बिहीबार, कात्तिक २४, २०७९
Global Ime Bank

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने मतदान प्रक्रियाका लागि अन्तिम अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी र सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसुरमा सजायँ पाएका बाहेकका कारागारमा रहेका कैदी र बन्दी लगायतका व्यक्तिहरूले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने गरी संकलन गरेका अस्थायी मतदाताहरूले मतदान गर्ने गरी आयोगले ७७ जिल्लाका लागि १४१ वटा अस्थायी मतदान केन्द्र स्वीकृत गरेको छ । २०७२ सालमा जारी भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलो पटक कार्यान्वयनमा आएको हो ।

मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरूलाई खटिएकै केन्द्रबाट मतदान गर्ने गरी आयोगले व्यवस्था मिलाएको छ । अस्थायी मतदाता हुनको लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने कानूनी व्यवस्था भएकोले आयोगले सोही बमोजिमको व्यवस्था मिलाई मतदानको सुनिश्चितता गरेको छ ।

यस्तो छ अस्थायी मतदान केन्द्रको सूची

11668089906.jpg

21668089910.jpg

31668089908.jpg

41668089909.jpg

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  २०:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार