राजनीतिक उपलब्धि रक्षाका लागि गठबन्धनलाई मतदान :  मन्त्री श्रेष्ठ

बिहीबार, कात्तिक २४, २०७९
Global Ime Bank

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जनताको सङ्घर्षबाट मुलुकमा प्राप्त राजनीतिक उपलब्धिका साथै संविधानको रक्षाका लागि जनताले गठबन्धनको साझा उम्मेदवारलाई मतदान गर्नुपर्ने बताएका छन् । 
नेपाल पत्रकार महासङ्घ काठमाडौँ उपत्यका प्रदेश समितिद्धारा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले निर्वाचनमा नेपाली कांग्रेस र कम्युनिष्ट शक्तिबीच भएको गठबन्धन ऐतिहासिक भएको बताउँदै निर्वाचनपछि सरकार निर्माणमा पनि अहिलेको गठबन्धनलाई निरन्तरता दिइने बताए । आसन्न चुनावमा जनसहभागिता बढाउन सञ्चार क्षेत्रको निष्पक्षतामा उनले जोड दिए । 
मन्त्री श्रेष्ठले अद्यावधिक निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने बताउँदै त्यसका लागि यथार्थपरक सूचनाले जनसहभागिता वृद्धि गर्ने बताए ।
उपत्यका प्रदेश समितिका अध्यक्ष श्रीजन झाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदातालाई सत्यतथ्य र निष्पक्ष सूचना प्रवाह गर्नुपर्नेमा जोड दिँदै जनताले प्रकट गरेको जनमतकाबारे यथार्थ तथा तथ्यपूर्ण सूचना उपलब्ध गराउन आफ्नो संस्थाले समन्वयकारी भूमिका निर्वाह गर्ने बताए । समितिका उपाध्यक्ष रोजिना थापा र महासचिव टेकबहादुर रोकाले निर्वाचनलाई भयरहित र पारदर्शी बनाउन सञ्चार क्षेत्रको निष्पक्ष भूमिकाको खाँचो औँल्याए ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  ०५:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार