आवधिक निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ : आयुक्त डा . तुलाधार

बुधबार, कात्तिक २३, २०७९
Global Ime Bank

तनहुँ । निर्वाचन आयोगका आयुक्त डा। जानकी कुमारी तुलाधारले लोकतन्त्रमा आवधिक निर्वाचन महत्वपूर्ण आधारस्तम्भ भएको बताएकी  छन्  । निर्वाचन आयोग र नेपाल कानून समाजको आयोजनामा तनहुँको दमौलीमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताइन्  ।  सबैसँगको सहकार्य र समन्वयबाट निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आयोग कटिबद्ध भएर लागेको आयुक्त तुलाधारको भनाई थियो । तुलाधारले आचारसंहिता पालनाले मात्र विश्वसनीय निर्वाचन सम्पन्न हुने भएकाले आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरीन्  । “आचारसंहिताले स्वअनुशासनमा बस्न प्रेरित गर्छ, यो नैतिक बन्धन हो,” तुलाधारले भनीन् , “आचारसंहिता सबैलाई समान रुपमा लागु हुन्छ ।” आचारसंहिता उल्लंघनका विषयमा आयोग कडा रुपमा प्रस्तुत हुने बताउँदै आयुक्त तुलाधारले आचारसंहिता उल्लंघन गर्ने सबैलाई कारबाही गरिने प्रष्ट पारे  । “आचारसंहिताको परिधिमा रहेर दलले प्रचारप्रसार गर्नुहोस्, प्रचारप्रसारमा कसैलाई नहोच्याउनुहोस्, दुष्प्रचार नगर्नुहोस्,” उनले भनीन्  । स्वअनुशासनमा बसेर आचारसंहितामा नचुक्न आग्रह गर्दै तुलाधारले दायित्व पालना गर्न सम्झाइन्    ।   आयुक्त तुलाधारले मितव्ययी हिसाबले निर्वाचन सम्पन्न गराउने तयारी गरिएको बताउँदै निर्वाचन खर्च परिमार्जन गरिएको उल्लेख गरीन्  । निर्वाचन खर्चका सन्दर्भमा आयोगले तोकेको मापदण्ड बमोजिम तथ्याङ्क राख्न आग्रह गर्दै तुलाधारले भनीन्  “यस विषयमा आयोगले सुक्ष्म रुपमा अध्ययन गरिरहेको छ ।”      


 

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १६:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार