टिकाभैरब लेले क्षेत्र थानकोट नारायणघाट जस्तै व्यापारिक हब बन्नसक्छ   :  उदयशम्शेर राणा 

मंगलबार, कात्तिक २२, २०७९
Global Ime Bank

  ललितपुर  । ललितपुर क्षेत्र नं १ लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार उदय शम्शेर राणाले कान्ति लोकपथ सडक निर्माण रोकिदा सडक आसपासका जनताले सास्ती भोग्नु परेको बताएका छन्।  २०७४ साल पछि विकास भन्दापनि विनास बढी भएको बताउँदै नेता राणाले कान्ति लोकपथ सडक तराईसँग ललितपुर र काठमाडौं जोड्ने मेरुदण्ड भएको बताए।   

आज टिकाभैरबमा घरदैलो सभालाई सम्बोधन गर्दै उनले कान्ति लोकपथ सडक राम्रो र कालोपत्रे गर्न सके टिकाभैरब र लेले क्षेत्र अर्को थानकोट, नारायणघाट जस्तै व्यापारिक हब बन्न सक्ने सम्भावना रहेको बताए।  उनले भने  हामी गठबन्धनका साथीहरु जितेर गैसकेपछि यो कान्ति लोकपथ सडकलाई प्राथमिकताकासाथ विकास गर्छौं। यो सडक मात्रै नभएर यस क्षेत्रका सबै सडकको स्तरोन्नति र कालोपत्रे गर्ने कुरामा हामी प्रतिबद्ध छौँ  ।  
उनले  कुरा हैन काम गरेर देखाउने क्षमता यो गठबन्धनका उम्मेदवारसँग मात्र भएकाले यो मौका हामीलाई दिन मतदाता सँग आग्रह गरे  । त्यस्तै क्षेत्र नं १ प्रदेश सभा ( ख ) का साझा उम्मेदवार मीनकृष्ण महर्जनले आफु निस्वार्थ भावनाले राजनितिमा आएको बताए। उनले ललितपुरको समग्र विकास र जनताको सुखदुःखमा साथ दिन राजनितिमा प्रवेश गरेको बताए।  नेता महर्जनले ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रचुर सम्भावना बोकेको ललितपुरको विकास र निकासका लागि लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरूको जित अपरिहार्य भएको बताए ।    
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १८:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार