सम्हालिँदै चितवन जिल्लामा कांग्रेस

मंगलबार, कात्तिक २२, २०७९
Global Ime Bank

चितवन । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीले टिकट नदिएपछि जिल्लाका नेताहरू असन्तुष्ट हुँदा भाँडिएको कांग्रेस सम्हालिँदै आएको छ । कतिपय बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् भने दाबी गर्नेहरू टिकट पाउने उम्मेदवार बोकेर चुनावी मैदानमा जुटेका छन् । केहीको असन्तुष्टि बाँकी रहे पनि अधिकांश दलको निर्देशनानुसारका कार्यक्रममा जुट्न थालेका हुन ।
नेपाली काङ्ग्रेस चितवनका सचिव ध्रुव पोखरेलले जे जति असन्तुष्टि रहे पनि पार्टीभित्रै सङ्घर्ष गर्नुपर्ने भन्दै गठबन्धनको उम्मेदवारका पक्षमा अधिकांश लागेको उनले बताए । तत्कालीन समयमा क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएका राजेन्द्र बुर्लाकोटी उम्मेदवारी फिर्ता लिएर पार्टीका उम्मेदवार विश्व पौडेलका पक्षमा चुनावी मैदानमा छन् ।
सुरुका दिनमा टिकट नपाएपछि निकै असन्तुष्ट बन्नुभएका नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल जिल्लाको चुनावी नेतृत्व गरेर गठबन्धन जिताउने अभियानमा जुटेका छन् । निवर्तमान सभापति जीतनारायण श्रेष्ठ आफ्नो असन्तुष्टिलाई थाँती राखेर चितवन क्षेत्र नम्बर २ का उम्मेदवार बोकेर पहाडी क्षेत्रमा प्रचारमा जुटेका छन् ।
टिकट नपाएपछि त्यहाँका उम्मेदवार उमेश श्रेष्ठको केही दिन टेलिफोनसमेत नउठाएका दावेदारहरू उजको प्रचारमा ज्टेपछि चुनावी अभियानले तीव्रता पाएको सचिव पोखरेलको भनाइ छ । निवर्तमान जिल्ला सभापति श्रेष्ठले आफूले टिकट नपाउँदा सुरुका दिनमा नराम्रो लागे पनि पार्टीलाई भविष्य ठान्ने आफूहरू गठबन्धनभन्दा बाहिर जान नसक्ने बताए । उनले भने, “मेरो क्षेत्र र अन्य दुई क्षेत्रका गठबन्धनका उम्मेदवार जिताउने सङ्कल्पसहित म चुनावी मैदानमा छु ।” 

क्षेत्र नम्बर १ मा उम्मेदवारी फिर्ता लिएका बुर्लाकोटी जसरी पनि गठबन्धनका उम्मेदवार जिताउने अभियानमा छन् । उनले भने, “मलाई निकै चित्त दुखेको थियो । यध्यपि पार्टीबाहिर गएर निर्णय लिनु हुन्न र यहीँ भविष्श्य छ भनेर उम्मेदवारी फिर्ता लिएर चुनावी मैदानमा जुटेको छु ।” एक सिट गुम्दा धेरै अवसर गुम्ने भएकाले उम्मेदवारका पक्षमा आफू लागिपरेको उनको भनाइ छ ।
स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा बागी उम्मेदवारको पक्षमा निरन्तर लागेका नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत अहिले पार्टीका उम्मेदवारका पक्षमा लागेका छन् । उनले भने, “पार्टीले कारवाही फिर्ता गरोस् वा नगरोस् म कांग्रेसको उम्मेदवारको पक्षमा छु ।” उनी जस्तै अरु धेरै पार्टीको पक्षमा खुलेर लागेका छन् । तत्कालीन समयमा भुइँकटहर चुनाव चिह्न बोकेर हिँडेका धेरै अहिले गठबन्धनको पक्षमा जुटेका छन् ।
नेपाली कांग्रेसकी केन्द्रिय सदस्य अञ्जनी श्रेष्ठले असन्तुष्टहरूका विषयमा छलफल गर्दै पूर्ववत् अवस्थामा फर्काइएको बताए । उनले भने, “पार्टी सम्हालिएको छ । सबै गठबन्धनका पक्षमा रहेका छन् ।” सानातिना असन्तुष्टि रहेकाहरूको सम्बोधन पार्टीले गर्ने भन्दै उहाँले खुलेर पार्टीको पक्षमा लाग्न आग्रह गरिएको बताए ।–रासस 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  ०८:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार