एमालेलाई चुनाव जित्न कसैले रोक्न सक्दैन : अध्यक्ष ओली

आइतबार, कात्तिक २०, २०७९
Global Ime Bank

धादिङ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले धादिङमा विकास र समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्ने बताएका छन् । नागढुङ्गा  सुरुङमार्गको निरीक्षण गर्न आज आइपुगेका अध्यक्ष ओलीले खत्री पौवामा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै धादिङको विकासका लागि एमालेले जित्नै पर्ने बताए । आफू प्रधानमन्त्री भएको बेला गरिएको सुरुङ बनाउने निर्णयले देश सुरुङ निर्माण युगमा प्रवेश गरेको उनको भनाइ थियो । चीनदेखि भारत जोडिने अन्तर्राष्ट्रिय राजमार्ग धादिङको क्षेत्र नम्बर १ मा पर्ने भएकाले विकासको यो निर्माण गर्ने जिम्मा एमालेले लिएको उनले बताए । 
धादिङको समस्याका रूपमा रहेको श्री ५ को बायुगुठी समस्या समाधान गर्न आफू लाग्ने उल्लेख गर्दै अध्यक्ष ओलीले सडक निर्माणका कारण दुर्गम भन्ने गरिएको धादिङ अब दुर्गम नरहेको बताए । उनले धादिङमा एमालेले जित्ने र एमालेको आधिकारिक उमेदवार प्रतिनिधिसभा क्षेत्र नम्बर १ को  सदस्य भूमि त्रिपाठी र क्षेत्र नम्बर १ को (१) को प्रदेशसभा सदस्यमा रमेश आचार्य रहेकाले धादिङका कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गरे । 

‘स्वदेशमै रोजगारी र लगानीको वातावरण निर्माण गर्छौँ’

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विदेशमा रहेका नेपालीले आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण निर्माण गर्ने बताएका छन् । 
प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशनको आज यहाँ आयोजित बन्दसत्रमा बोल्दै उनले विदेशमा रहेका नेपालीलाई आफ्नै देशमा रोजगारी र लगानीको वातावरण बनाउन नेकपा एमालेले चाहेको बताए । “विदेशमा रहेका नेपालीले आफूसँग भएको ज्ञान, सीप र क्षमतालाई मातृभूमिको सेवामा लगाउन चाहेकाले त्यसका लागि अनुकूलको वातावरण र नीति बनाउन एमालेले चाहेको छ”, उनले भने । 
 वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले घोषणापत्रमा रोजगारी र लगानीलाई विशेष प्राथमिकता दिएको बताए । उनले प्रवासी नेपाली मञ्चलाई महाधिवेशनसम्म ल्याउनका लागि निकै सङ्घर्ष गर्नुपरेको स्मरण गरे । सङ्गठन हार्दा पार्टीले हार्ने र पार्टीले हार्दा सङ्गठन हार्ने बताउँदै उनले सङ्गठनलाई बलियो बनाउँदा मात्रै पार्टी पनि बलियो हुने धारणा राखे । उनले सर्वसम्मत नेतृत्व चयन गर्न मञ्चलाई आग्रह गरे । 

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  २०:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार