Dashain Banner
Dashain Banner

सशस्त्र प्रहरीले संचालनमा ल्यायो निशुल्क बस सेवा

सोमबार, कात्तिक २, २०८३

काठमाडौँ । वडादशैंका अवसरमा सशस्त्र प्रहरी बलले काठमाडौँ उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूका लागि बस संचालनमा ल्याएको छ । चाडपर्वका बेला सार्वजनिक यातायातका साधन कम चल्ने भएकाले यात्रुहरुलाई सहज आवतजावतका लागि दुई वटा बस निःशुल्क रूपमा सञ्चालन गरिएको सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता नेत्र बहादुर कार्कीले जानकारी दिए ।  सशस्त्र प्रहरी बल, नेपालले उपत्यकाभित्र सञ्चालन गर्ने सो निःशुल्क बस सेवा आजबाट लगातार तीन दिन बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको प्रवक्ता कार्कीले जानकारी दिए । काठमाडौँ उपत्यकामा सञ्चालन गरिने बसहरूमध्ये सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर,सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरूलाई सेवा प्रदान गर्नेछ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सितापाइला, कलङ्की, बल्खु, कोटेश्वर,नयाँ बसपार्क,हुँदै विभिन्न ठाउँका यात्रुहरूलाई निःशुल्क सेवा प्रदान गर्नेछ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २, २०८३  १३:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार