गठबन्धनलाई जिताउन इन्द्र बानियाँको सक्रियता 

गठबन्धन जिताउन अभियान संचालन गर्न निर्देशन 
आइतबार, कात्तिक २०, २०७९
Global Ime Bank

हेटौंडा । मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्त्रन जिताउन नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सक्रियता बढाएका छन् । 
नेपाली काँग्रेसका प्रभावशाली नेता बानियाँले नेपाली काँग्रेस तथा गठबन्धनका उम्मेदवार जिताउन विभिन्न जिल्लाको भ्रमण तथा घरदैलोलाई व्यापक बनाएका छन् । 
यसै क्रममा सभापति बानियाँले शुक्रबार आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन भइरहेका तयारीबारे बागमती प्रदेशका जिल्लाबाट प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारसँग अन्तक्र्रिया कार्यक्रम गरे । ‘भर्चुअल’ माध्यमबाट प्रदेश सभापति बानियाँले प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुसँग निर्वाचनको तयारीबारे छलफल गरे ।
 सभापति बानियाँले छलफलका क्रममा जिल्लाका समस्या तथा जनसरोकारका विषयमा छलफल गरेका थिए । निर्वाचन सफल बनाउन तथा गठबन्धनलाई जिताउन विशेष अभियान सञ्चालन गर्न समेत बानियाँले नेता, कार्यकर्तालाई आग्रह गरे । 
बागमती प्रदेशमा कांग्रेसबाट प्रत्यक्षतर्फ ४१ जना र समानुपातिकतर्फका ४४ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् । सभापति बानियाँले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जिम्मेवार ढंगले अभियानमा लाग्न निर्देशन दिए । 
चुनावी तयारीको क्रममा केही समस्या, केही चुनौतीहरु आउनसक्ने भन्दै त्यसलाई सुझबुझका साथ समाधान गर्दै जानुपर्ने उनको भनाई थियो । छलफलका क्रममा नेता बानियाँले चुनावी कार्यक्रमको संचालनबारे उम्मेदवारहरुसँग जानकारी लिए । नेपाली काँग्रेस बागमती प्रदेशबाट तयार पारिएको प्रचारप्रसार सामग्री पुग अपुग भएको सन्दर्भमा समेत उनले चासो राखेका थिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  २०:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार