गठबन्धनको सूत्रधार मै हो :  चित्रबहादुर केसी 

आइतबार, कात्तिक २०, २०७९
Global Ime Bank

गलकोट । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको पाँचदलीय गठबन्धको प्रमुख सूत्रधार आफू रहेको दाबी गरेका छन् ।  बागलुङ क्षेत्र नं १ बाट प्रतिनिधिसभाको सदस्यको गठबन्धका तर्फबाट उम्मेदवारसमेत रहेका नेता केसीले मङ्सिर ४ गतेको निर्वाचनमा प्रतिगमन ढल्ने बताए । आज बागलुङ बजारमा आयोजित पत्रकार सम्मेलनमा नेता केसीले मङ्सिर ४ गतेको निर्वाचन प्रतिगमन र अग्रगमनबीच प्रतिस्पर्धा हुने बताउँदै प्रतिगमन ढलेर जाने दाबी गरे । 
उनले भने, “मनै प्रतिगमनका विरुद्धमा लागेँ, त्यसैले गठबन्धन बनाउनै अग्रसर भएको थिएँ । अहिलेको हाम्रो लडाइँ प्रतिगमन र अग्रगमनबीच छ, मङ्सिर ४ गते प्रतिगमनलाई ढलाइन्छ ।” 
उनले आफूले प्रतिगमनको विरुद्ध र राष्ट्रियताको पक्षमा देशलाई जोगाउने भूमिका खेलेको भन्दै आफूले सहजै ढङ्गले चुनाव जित्ने बताए ।
नेता केसीले संसद्मा नीति बनाउन जाने भए पनि नागरिकलाई विकाससँग जोड्न आफूले सक्दो पहल गर्ने बताए । उनले जनताहरू विकासको पर्खाइमा रहेको आफूले महसुस गरेको भन्दै राष्ट्रिय योजनालाई पूरा गर्न आफूले पहल गर्ने बताए ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  २०:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार