Dashain Banner
Dashain Banner

गोदावरी कुण्डदेखि कालेश्वर मन्दिर क्षेत्रलाई धार्मिक पर्यटनका रुपमा अघि बढाउने मधुसूदनको प्रतिवद्धता

आइतबार, कात्तिक २०, २०७९

ललितपुर । ललितपुर क्षेत्र नं १   नेपाल कम्युनिष्ट पार्टी एमाले बागमती प्रदेशसभा सदस्य पदका उम्मेदवार मधुसुदन पौडेलले आसन्न निर्वाचन आफू र आफ्नो पार्टीले विजय हासिल गरेपछि लतिलपुरको गोदावरी कुण्ड तथा मुक्तिनाथधाम हुँदै दक्षिण पहाडमा अवस्थित बैतर्णीधाम र कालेश्वर महादेव मन्दिर क्षेत्र आदिलाई धार्मिक पर्यटनको रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका  छन्  ।   सो क्षेत्रमा पर्यटकको आकर्षण बढेसँगै यहाँका जनताको जीवनस्तर माथि पु¥याउने चाहनाका साथ उनले उक्त योजना अघि बढाएका  हुन्  ।  
ललितपुर जिल्लाको क्षेत्र नं १ नं १ मा जम्मा १५ वटा वडा पर्छन । जहाँ गोदावरी नगरपालिकाको ६ वटा वडाहरु, कोञ्ज्योसोमका ३ र महाङ्काल गाउँपालिकाका ६ वटा वडा गरी १५ वडा रहेका पौडेलले बताए  । उनले भने , “हाम्रो क्षेत्रमा सुगम देखि दुर्गमा वस्ती समेत पर्ने हुँदा यीनिलाई एकै किसिमको विकासको गतिले अघि बढाउनुपर्छ ।” विश्वका विभिन्न विकसित सहरमा देखिएका विकास निर्माणका थुप्रै पहलहरु सो क्षेत्रमा भित्र्याएर स्वदेशी हुँदै विदेशी पर्यटकलाइ समेत मोहित तुल्याउने बनाउने भएको उनको भनाइ रहेको छ ।   त्यसैगरी नगर भित्र जाने सडक भए पनि विस्तार तथा मर्मत र कालोपत्र नहुँदा सोका समस्या समाधान गर्ने, ढल हाल्नुपर्ने ठाउँमा हाल्ने, गोदावरी तथा कोञ्ज्योसोम र महाङ्कालमा रहेको पिउने पानीको समस्या हल गर्ने आफ्नो प्रथय योजना रहने पौडेलको धारणा छ ।   यसैगरी सो क्षेत्रमा प्रादेशिक विश्वविद्यालय स्थापना गर्ने, सो क्षेत्रका नमुना विद्यालय जस्तै किटिनी उच्च माध्यमिक विद्यालय लगायतका अन्य विद्यालयलाई थप सुधार तथा व्यवस्थीत गर्ने, सामुदायिक विद्यालयमा जनताको आकर्षण बढाउने नीति तय गर्ने उनको मन छ । “बेरोजगारी अन्त्य गर्ने नीति तय गर्ने, युवालाई कसरी नेपालमा रोक्न सकिन्छ भन्नेतर्फ ध्यान दिने, कृषिलाई आधुनिकीकरण गर्ने, जडीबुटीको माध्यमबाट आम्दानीको प्रमुख स्रोत बनाउने, योग सानधा केन्द्र स्थापना गर्ने र जनताको स्वास्थ्यमा ध्यान दिनेछु”, उनले  भने । 

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १५:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार