Dashain Banner
Dashain Banner

दलित, महिला, अल्पसङ्ख्यक र मधेसी समुदायलाई अधिकार सम्पन्न गराउने जसपाको प्रतिवद्धता

जसपाको घोषणापत्र सार्वजनिक
शनिबार, कात्तिक १९, २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले दलित÷शिल्पी समुदायलाई स्वायत्त प्रदेशसरहको गैरभौगोलिक विशेष प्रदेशको अधिकारका साथै राज्यका सबै अङ्गमा समानुपातिक प्रतिनिधित्व र विशेष अधिकारको व्यवस्था गर्ने प्रतिबद्दता व्यक्त गरेको छ । सो पार्टीले आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी आज प्रतिबद्धतापत्र सार्वजनिक गर्दै समाजमा देखिएका विभिन्न किसिमका विभेद तथा विषमता हटाउन थप उचित कानुन बनाउन आवश्यक परे सोसम्बन्धी कदम चाल्ने जनाएको हो । “वर्ण व्यवस्थामा आधारित सामन्ती, मनुवादी, ब्राह्मणवादी तथा पूर्व राज्यसत्ताबाट विभिन्न कालमा अनेक प्रकारका अमानवीय, कुसंस्कारको प्रथा चलाई समाजमा उचनिच ९ठूलो जात र सानो जात०को सङ्ज्ञा दिई अपहेलित जीवन बिताउन बाध्य बनाएका दलित-शिल्पी समुदायको सम्मानजनक पहिचान स्थापित गर्न उचित प्रावधान स्थापित गर्ने”, प्रतिबद्धतापत्रमा भनिएको छ ।

CKK_KTM_UPENDRAYADAV_1667656814.jpgप्रतिबद्धतापत्र सार्वजनिक गर्दै अध्यक्ष उपेन्द्र यादवले नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषित गरिसकेको सन्दर्भमा जात, धर्म र संस्कृतिका नाममा हुने छुवाछूतलाई दण्डनीय अपराधका रूपमा लिँदै त्यसको अन्त्यका लागि बनेका कानुनलाई प्रभावकारीरूपमा लागू गराउनमा ठोस कदम एवं पहल गर्ने विश्वास दिलाए । जसपाले छुवाछूतपीडित व्यक्तिलाई कानुनबमोजिम सम्बन्धित व्यक्तिबाट क्षतिपूर्ति तथा पीडकलाई कडाभन्दा कडा कारबाहीका लागि संविधानतः पैरवी गर्ने व्यवस्था गर्ने र दलित समुदायको जनसङ्ख्याका आधारमा राजनीतिक प्रतिनिधित्व, सरकारी÷अर्धसरकारी सेवामा अवसर, शिक्षा र रोजगारमा आरक्षणको व्यवस्था गर्नुका साथै राजनीतिक प्रतिनिधित्वका लागि छुट्टै आरक्षित क्षेत्रको व्यवस्था गर्ने विषयलाई प्राथमिकताका साथ उठाएको छ । अध्यक्ष यादवले भने, “महिला बेचबिखन, दाइजो र बोक्सी प्रथाजस्ता असामाजिक तथा अमानवीय व्यवहार र कुप्रथा तथा महिलामाथि हुने सबैखाले हिंसा, यौनजन्य हिंसा जघन्य अपराध हो, यस्तो कार्यविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरी कडा कानुनी उपचारको व्यवस्था गरिनेछ भने समाजमा सचेतना फैलाई यस्ता हिंसाजन्य व्यवहारलाई निरुत्साहित गरिनेछ ।”

महिलालाई उद्यमशील बनाई आर्थिक अवसर सिर्जना गर्नुका साथै शिक्षामा समान अवसरका लागि महिला तथा बालिकालाई शिक्षामा पहुँच पु¥याई घरपरिवार र समाजमा विशेष व्यवस्था गरी पढ्ने वातावरण निर्माण गर्ने पार्टीको नीति छ । महिलाको आर्थिक, सामाजिक, धार्मिक एवं सांस्कृतिक अधिकारको सुनिश्चिततासहित समाजका सबै क्षेत्रमा समान प्रतिनिधित्वको अवसर सिर्जना गर्ने पार्टीको प्रतिबद्धता छ । सो पार्टीले यौनिक अल्पसङ्ख्यक समुदायको सामाजिक तथा आर्थिक अधिकार सुनिश्चित गर्दै उनीहरूको हक, हित र अधिकारको संरक्षण गर्नुका साथै उनीहरूलाई समाजमा हैसियतपूर्वक बाँच्न सक्ने अवस्था निर्माण गर्ने विषयमा जोड दिएको छ । अध्यक्ष यादवले मधेसी समुदायको राष्ट्रिय पहिचान र अधिकारको प्रत्याभूति गर्नुका साथै नागरिकता समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । पार्टीले अल्पसङ्ख्यक, सीमान्तकृत तथा लोपोन्मुख समुदायलाई राष्ट्रिय पहिचानका आधारमा संरक्षणको विशेष अधिकार हुने र आदिवासी जनजातिलाई अल्पसङ्ख्यकको रूपमा गरिएको सूचीकरण खारेज गर्ने जनाएको छ ।

सञ्चार प्रणालीको विकास गर्न ठोस नीति तय गर्ने
जनता समाजवादी पार्टी, नेपालले मुलुकको सङ्घीय ढाँचाअनुरूप राष्ट्रिय सञ्चार प्रणालीको विकास र विस्तार गर्न ठोस नीति तथा कार्यक्रम तय गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
सो पार्टीले आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी आज प्रतिबद्धतापत्र सार्वजनिक गर्दै सञ्चारक्षेत्रमा निजी र सामुदायिक क्षेत्रको संलग्नतालाई बढावा दिने प्रतिबद्धता व्यक्त गरेको हो ।
जसपाले प्रकाशन र छापालाई जनता तथा राष्ट्रप्रति जिम्मेवार बनाउनुका साथै तिनीहरूको स्वतन्त्रताको प्रत्यभूति गर्दै रेडियो, टिभी, एफएम, टेलिफोन, इन्टरनेट, मोबाइलजस्ता विद्युतीय प्रविधिको गुणस्तरमा सुधार गर्न प्राथमिकता दिनुका साथै तिनीहरूलाई देशका सबै भू–भाग तथा आम जनताको पहुँचमा पु¥याउने प्रतिबद्धता गरेको छ । 
“विमानस्थल, अस्पताल, विद्यालय, प्रशासनिक केन्द्र, सभा, भवन आदि स्थानमा निःशुल्क इन्टरनेट (फ्रि वाइफाइ) सुविधा उपलब्ध गराउने र जनताको सूचनाको हकको ग्यारेण्टी गर्ने, प्रेस स्वतन्त्रता प्रदान गर्ने र पीत पत्रकारितालाई निरूत्साहित गर्दै मर्यादित र जवाफदेही पत्रकारिताको विकास गर्ने”, प्रतिबद्धतापत्रमा भनिएको छ ।
पार्टीका अध्यक्ष उपेन्द्र यादवले घोषणापत्र सार्वजनिक कार्यक्रममा श्रमजीवी पत्रकार ऐनलाई प्रभावकारी कार्यान्वयन गर्ने, स्वतन्त्र र निष्पक्ष प्रेसको विकासमा सहयोग गर्ने तथा देशमा विद्यमान बहुल संस्कृतिको प्रवद्र्धन गर्न मातृभाषामा प्रचार–प्रसार गर्ने बर्ताए । चलचित्र उद्योगको विकास र संवद्र्धन गर्न समयानुकूल राष्ट्रिय चलचित्र नीति निर्माण गर्ने र मातृभाषामा बनाइने चलचित्रका लागि विशेष सहुलियत दिने उक्त पार्टीको नीति छ ।
“आधुनिक विद्युतीय प्रविधिसँग राष्ट्रको विकास प्रक्रियालाई आबद्ध गर्न राष्ट्रिय नीति तर्जुमा गर्ने, समाजमा वैज्ञानिक चेतनाको अभिवृद्धि, परम्परागत प्रविधिको आधुनिकीकरण र क्षमता अभिवृद्धि गर्न विशेष पहल गर्ने, मानव जीवन सहज र उत्पादनमुखी बनाउन विज्ञान र प्रविधिको अध्ययन र अनुसन्धानलाई उच्च महत्व दिने”, घोषणापत्रमा उल्लेख छ ।
अध्यक्ष यादवले भने, “पार्टीले शिक्षालाई व्यावहारिक र व्यवसायिक बनाउन विज्ञान र प्रविधिको प्रयोगलाई विद्यालय शिक्षादेखि नै विशेष जोड दिने र विश्वविद्यालयसम्म विशेष प्राथमिकता दिनुका साथै साना उद्यम, व्यापार, व्यवसाय, कृषिजन्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन साना प्रविधि ९इन्टरमिडियट टेक्नोलोजी०को अन्वेषण, विकास र प्रयोगलाई विशेष जोड दिएको छ ।”
मुलुकको सामाजिक, आर्थिक रूपान्तरण र आधुनिकीकरणका लागि विज्ञान–प्रविधिको अधिकतम् उपयोगलाई जोड दिने विषयलाई प्राथमिकतामा राख्नुका साथै कम्प्युटर प्रविधिलाई गाउँ–गाउँमा विस्तारित गर्ने, प्रविधि क्षेत्रका नवीन सुरुआत ९स्टार्ट अप०को प्रवद्र्धन र विकासलाई जसपाले प्राथमिकता दिएको छ । हरेक व्यक्तिमा मोबाइल र इन्टरनेटको पहुँच पु¥याउने विज्ञान प्रविधि प्रज्ञा–प्रतिष्ठानलाई साधन सम्पन्न बनाउने, देशबाट वैज्ञानिक तथा प्राविधिक क्षेत्रका प्रतिभा पलायन रोक्न देशभित्रै अवसरको सिर्जनालाई पार्टीले प्राथमिकतामा राखेको छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  १९:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार