नेकपा (माओवादी समाजवादी)को घोषणापत्र सार्वजनिक

शनिबार, कात्तिक १९, २०७९
Global Ime Bank

काठमाडौँ । नेकपा (माओवादी समाजवादी)ले आगामी मङ्सिर ४ गतेको निर्वाचनलाई लक्षित गरी घोषणापत्र सार्वजनिक गरेको छ । कर्णजित बुढाथोकी नेतृत्वको सो पार्टीले आज पत्रकार सम्मेलन गरी वैज्ञानिक समाजवाद स्थापनाको लागि जनविद्रोहमार्फत वैचारिक, राजनीतिक, सङ्गठनात्मक, आर्थिक, सङ्घर्ष र अन्तरराष्ट्रिय आधार तय गर्ने प्रतिवद्धता गरेको छ ।
पार्टीको चुनाव चिह्न ‘महिला र पुरुषको तस्बिर’ रहेको छ । पार्टीले वैज्ञानिक समाजवाद स्थापना नभइसकेको सङ्क्रमणकालीन चरणमा सबै राजनीतिक दल, पक्षको स्वामित्व सुनिश्चित् हुनेगरी अग्रगामी राजनीतिक निकासको लागि राष्ट्रिय राजनीतिक जन–परामर्श सम्मेलनमार्फत जनपक्षीय, सर्वदलीय राष्ट्रिय संयुक्त सरकार गठन गर्नेसमेत घोषणा गरेको छ । 
‘पार्टीले १० वर्षे जनयुद्धका शहिदलाई राष्ट्रिय शहिद घोषणा तथा अपाङ्गता भएकालाई आजीवन निःशुल्क उपचारको व्यवस्था गर्ने, पूर्वजनमुक्ति सेनालाई मासिक २० हजार गणतान्त्रिक भत्ताको लागि सङ्घर्ष गर्ने घोषणा गरिन्छ’ घोषणापत्रमा भनिएको छ । त्यसैगरी, शिक्षा, स्वास्थ्य उपचार, स्वच्छ खानेपानी र बिजुली बत्तीको निःशुल्क व्यवस्था गर्ने अठोट पार्टीले लिएको छ । पर्यटन विकास र प्राकृतिक श्रोत साधन, सम्पदा संरक्षण, प्रवद्र्धन, उचित व्यवस्थापन र वितरण गरिने प्रतिवद्धता गर्नुका साथै गरिएको राष्ट्रिय पुँजी, उद्योगको संरक्षण र प्रवद्र्धन गर्ने पार्टीो जोड छ । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  ०५:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार