सकियो मतपत्र छपाइ 

शुक्रबार, कात्तिक १८, २०७९
Global Ime Bank

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ सकिएको छ । मतदानका लागि आठ करोड तीन लाख ९४ हजार ५०० मतपत्र छपाइ गरिएको छ ।  प्रतिनिधि सभाको प्रत्यक्षतर्फ एक करोड ९८ लाख ७१ हजार र समानुपातिकतर्फ दुई करोड चार लाख २१ हजार मतपत्र छपाइ भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ एक करोड ९९ लाख १८ हजार ५०० र समानुपातिकतर्फ दुई करोड एक लाख ८४ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई मतपत्र छपाइको जिम्मा दिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १९:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार