सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षणका लागि इन्सेकले देश भर ७५० जना पर्यवेक्षक खटाउने भएको छ । काठमाडौँ उपत्यकामा खटिने ५० जना पर्यवेक्षकसँग आज इन्सेकले अन्तरसंवाद गरेको छ । अन्तरसंवाद कार्यक्रममा निर्वाचन आयोगका सहप्रवक्ता कमल भट्टराईले कसैको पक्ष–विपक्षमा नलाग्ने संस्थालाई पर्यवेक्षण गर्न दिएको जानकारी दिए । उनले भने ४४ वटा राष्ट्रिय र ३ वटा विदेशी संस्थाहरुले अहिलेको निर्वाचनको पर्यवेक्षण गर्ने बताए । उनले भने, ‘देशै भरी करिब १० हजार पर्यवेक्षक खटिने छन् ।’
पर्यवेक्षक संस्थाले दिएको सुझावलाई आयोले कार्यान्वयन गरेको उल्लेख गर्दै मतदाता शिक्षा , सामग्राीहरु सृुरक्षाका बारेमा सरकारका कामका विषयमा पर्यवेक्षण गर्न सक्ने जानकारी गराउँदै उनले जहाँ गलत कार्य भएको छ भने त्यसको जानकfरी आयोगमा गर्न आग्रह गरे । इन्सेकका कार्यकारी निदेशक विजयराज गौतमले प्रजातन्त्र स्थापना पछिदेखि इन्सेकले पर्यवेक्षण गरेको उल्लेख गर्दै अन्य देशमा पनि पर्यवेक्षण हुने गरेको बताए । उनले प्रजातान्त्रिक अभ्यास भएका देशहरुमा पर्यवेक्षण हुने बताउँदै आफूले पनि अन्य देशमा गएर पर्यवेक्षण गरेको अनुभव सुनाए । इन्सेक केन्द्रीय कार्यालयकी अधिकृत आरजु कार्कीले पर्यवेक्षकले प्राबिधिक कुरा हेर्ने लगायत ‘वाक स्वतन्त्रता लैगिक भेदभावका विषयमा पनि पर्यवेक्षण अनुगमन गर्नुपर्ने धारण राखिन् । उनले लैंगिक तथा अल्पसंख्यक दुई जना ब्यक्ति पर्यवेक्षणमा खटाएको बताईन् । इन्सेक अनलाइका सम्पादक रमेश प्रसाद तिमल्सिनाले निर्वाचनको आचारसंहिता र मानव अधिकारका विषयमा पर्यवेक्षण गर्नुपर्ने धारण राखे । उनले भने , ‘सुक्ष्म रुपमा निरीक्षण गर्नुपर्छ ।’