सोसल मिडिया
Contact Us
युनिकोड
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवम् ललितपुर क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्यका लागि वाम–लोकतान्त्रिक गठबन्धनकी साझा उम्मेदवार पम्फा भुसालले आफू निरन्तर ४४ वर्षदेखि ललितपुरको भूगोलमा बसोवास गरिरहेको बताउँदै आफ्नो उम्मेदवारीलाई ‘भित्र’ र ‘बाहिर’ को भनेर प्रचार नगर्न विपक्षीलाई चेतावनी दिएकी छन् ।
‘भित्रको–बाहिरको उम्मेदवार’ भनेर भोट बटुल्ने प्रयास गर्नु निकृष्ठ शैली हो । यस्तो सोचले समाजको विकास हुँदैन’, शब्दपाटी अनलाइन टेलिभिजनसँगको कुराकानीमा उनले भनिन, ‘परिवर्तनको आन्दोलनका लागि एक थोपा पनि नचुहाएकाहरुले मात्रै यस्ता कुरा गर्छन् । यो विखण्डरकारी भनाई हो ।’
ललितपुर क्षेत्र नं ३ का मतदाता यस्ता विषयमा सचेत हुनुहुन्छ उनले भनिन्, मतदाताले अग्रमगमनको पक्षलाई साथ दिनेमा म विश्वस्त छु । मतदाता नामावली सूचीमा नाम भएका व्यक्ति प्रतिनिधिसभाका १६५ क्षेत्र जहाँ सुकैबाट पनि उम्मेदवार बन्न सक्छन’, उनले भनिन्, ‘भित्र र बाहिरको उम्मेदवार भनि प्रचार गर्दा सामाजिक द्धेष बढाउँछ ।