गठबन्धनले नजिते सात पुस्ताले दुःख पाउँछन् : मदनबहादुर अमात्य 

बिहीबार, कात्तिक १७, २०७९
Global Ime Bank

ललितपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मदनबहादर अमात्यले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभामा गठबन्धनले नजिते नेपाली जनताको सात पुस्ताले दुःख पाउने बताएका छन् । दुई तीन पुस्ताले लडेर ल्याएको लोकतान्त्रिक व्यवस्था र जनभावनाअनुसारको संविधान जोखिममा परेकाले गठबन्धन गर्नुपरेको बताउँदै अमात्यले दलका आवरणमा जन्मेको निरंकुशताको अन्त्य गर्न गठबन्धनको विजय अपरिहार्य भएको बर्ताए । ललितपुर क्षेत्र नं २ का वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरू विजयी गराउने अभियानमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित भएको बताउँदै अमात्यले युवाहरुले आफ्नो भविष्य हेरेर भावी पुस्ताले दुःख नपाउने गरी अहिलेको चुनावमा ध्यान दिन आग्रह गरे । 

312807836_1055604655116468_6646360880387477902_n1667491023.jpg
नेपाली काँग्रेस वागमती प्रदेशका कार्यवाहक सभापति चन्द्र महर्जनले समावेशी र समानुपातिक व्यवस्थाले पछाडी परेका वर्ग, समुदाय, महिला, आदिवासी जनजातीलाई मूल प्रवाहमा ल्याएकोमा एकथरी प्रतिगामीहरुको टाउको दुखिरहेकाले उल्ट्याउन लागेको भन्दै संविधान  र जनताका अधिकार जोगाउन गठबन्धनका उम्मेदवारहरुको विजय जरुरी भएको बर्ताए। 
प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णलाल महर्जनले युवाहरुलाई उद्यमशीलता मार्फत समृद्ध हुन राज्यका तर्फबाट प्राविधिक तथा नीतिगत सहयोग, पुँजी तथा जनशक्ति व्यवस्थापन लगायतमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । उम्मेदवार महर्जनले ललितपुरमा विशेष गरी हस्तकला तथा पर्यटनमा आधारित उद्यमलाई युवा उद्यमशीलता  समृद्धिको आधार बनाइने बर्ताए । 

314197014_2114390428770842_956420622512226331_n1667491027.jpg
ललितपुर–२ प्रदेश ख का उम्मेदवार रामकृष्ण चित्रकारले पाटनलाई कलाको  राजधानी बनाइने प्रतिबद्धता राख्दै युवाको समग्र क्षमता विकास गर्न सीप, सँस्कृति र खेलकुदको विकासमा तीनै तहका सरकारको समन्वय र परिचालन गरिने बताए । 
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी लगायतको गठबन्धनलाई फुटाउन विपक्षी गठबन्धनले चलाएको भ्रममा नपरी इमान्दारितासाथ गठबन्धनको विजयका लागि लाग्न सम्पूर्ण युवाहरुलाई आग्रह गरे । 

314083535_806146787163288_3489942470759096524_n1667491019.jpg
०४६ सालको आन्दोलन र ०६२÷०६३ को आन्दोलनमै काँग्रेस कम्युनिष्टको सहकार्य भएको स्मरण गराउँदै संविधान र व्यवस्था जोगाउन काँग्रेस कम्युनिष्टको सहकार्य कसैले भत्काउन नसक्ने कसिलो भएको उनले बताए । 
ललितपुर क्षेत्र नं २ मा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन उम्मेदवार छन् भने प्रदेश २ (१) मा रिसा श्रेष्ठ र प्रदेश २ (२) मा रामकृष्ण चित्रकार उम्मेदवार छन् । 

314126249_677666827004814_7411914223715178144_n1667491021.jpg

313980120_506142284757294_8908012908800841783_n1667491018.jpg

314197014_2114390428770842_956420622512226331_n1667491026.jpg

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  २१:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार