बीएण्डसी मेडिकल कलेजले दियो मेची अस्पताललाई भेन्टिलेटर

बिहीबार, वैशाख १६, २०७८

काठमाडौं । प्रस्तावित बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दूर्गा प्रसाईंले कोभिड–१९ सङ्क्रमितका उपचारमा सहयोग पु¥याउन मेची अस्पताललाई एकथान भेन्टिलेटर उपकरण प्रदान गर्ने जानकारी दिएका छन् ।  उनले भने, ‘विपद्का समयमा सरकारी स्वास्थ्य  सेवालाई हामी सबै मिलेर सुदृढ बनाउनु पर्छ, यसैले ६५ लाख रुपैयाँ बराबरको भेन्टिलेटर मेची अस्पताललाई प्रदान गर्दैछु ।’ उनका अनुसार बीएण्डसी र पूर्वाञ्चल क्यान्सर  अस्पतालसँग हाल ५० भेन्टिलेटर उपकरण  छ । ती मध्ये पाँच÷छ  वटामा मात्र बिरामी छन् । समाजसेवी प्रसाईंले आज प्रेश विज्ञप्ति मार्फत राज्यलाई आवश्यक परेमा कोरोनाका बिरामीलाई ती भेन्टिलेटर राखेर उपचार सेवामा प्रदान गर्न आफू तयार रहेको जानकारी दिए । उनले विज्ञप्तिमा भनेका छन्, ‘विपद्का समयमा राज्यले के दियो र के ग¥यो भन्दा पनि राज्यलाई के सहयोग गर्न सकिन्छ मुख्य कुरा हो, यस्तो अवस्थामा म टुलुटुलु हेरेर बस्न सक्दिन , आफूसँग भएका श्रोत र साधन प्रदान गर्न तयार छु ।’ कोरोना महामारीलाई ध्यान दिँदै अस्पतालले  अत्याधुनिक आइसीयू तथा भेन्टिलेटर सहित २५ श्या छुट््याएको छ । अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीका अनुसार अस्पतालले कोरानाका बिरामीलाई उपचारमा उच्च प्राथमिकता दिँदै उपचार सेवा प्रदान गरेको छ ।   बुधबार मात्र एक कोराना सङ्क्रमित बिरामीलाई काठमाडौँबाट हवाई चार्टर मार्फत सो अस्पतालमा भर्ना गरिएको थियो । काठमाडौँका कोरानाका बिरामीले भेन्टिलेटरका लागि अस्पतालमा सम्पर्क गरिरहेका छन् ।

सम्बन्धका पर्खाइमा बीएण्डसी 
कलेजले हालसम्म एमबीबीएस पठन पाठनका लागि सम्बन्धन पाउन सकेको छैन ।  मापदण्ड तथा पूर्वाधार तयार गरी सम्बन्धनका लागि काठमाडौँ विश्वविद्यालय समक्ष विसं २०७३ फागुन १५ गते निवेदन दिएको थियो ।  चिकित्सा शिक्षा  ऐन जारी भएपछि गठन भएको चिकित्सा शिक्षा आयोगमा एमबिबिएस सिट (कोटा) निर्धारणका लागि  कलेजले आवश्यक कागजातपत्र सहित विसं २०७६ फागुन १ गते निवेदन दिएको थियो ।  
ती दुवै प्रक्रिया पूरा गरेको सो कलेजलाई  विश्वविद्यालयले हालसम्म सम्बन्धन दिएको छैन । कार्यकारी निर्देशक प्रसाईंले भने, ‘हामीले मनसाय पत्र लिँदा ऐन बनेकै थिएन । हामीले मनसायपत्र लिएर सम्पूर्ण मापदण्ड पूरा गरिसकेका छौँ । यसैले ऐनको १३ (६) अनुसार सम्बन्धन पाउनुपर्छ । बीएण्डसीलाई सम्बन्धन पाउने कानूनी आधार भनेको चिकित्सा शिक्षा ऐनको दफा १३ को उपदफा ६ हो ।’ कलेजका प्राचार्य प्रा.डा उमेश शर्माका अनुसार मेडिकल कलेज सञ्चालनका लागि भौतिक, शैक्षिक जनशक्ति तथा अस्पतालका आवश्यक सबै पूर्वाधार  तयारी अवस्थामा छन् । उनले भने, ‘मेडिकल कलेज सञ्चालनका लागि कम्तीमा १६ बिघा जमिन, ३०० श्ययाको अस्पताल, उपकरण, अस्पतालमा दैनिक बिरामीको परीक्षण, शल्यक्रिया, पुस्तकालय, विभागीय जनशक्तिलगायत आवश्यक मानिन्छ । अहिले कलेजको २२ बिघा जमिन, यसमा बनेका भौतिक संरचना, पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी अस्पताल गरी कूल ९०० श्ययाको अस्पताल, अस्पतालमा दैनिक एक हजार ३०० भन्दाबढी बिरामीले अन्तरङ्ग तथा बहिरङ्ग सेवा,  ३० देखि ४०  शल्यक्रिया, ६०÷७० संख्यामा सिटीस्क्यान तथा ४० भन्दाबढी एमआरआई हुने गर्छ ।’ तत्कालीन शिक्षा मन्त्रालयले झापाको अनारमुनि गाविसमा एमबिबिएस कार्यक्रम सञ्चालनार्थ  कलेजलाई मनसायपत्र (लेटर अफ इन्टेन्ट)  विसं २०६८ माघ २४ गते प्रदान गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३०० श्ययाको बिएण्डसी अस्पताल सञ्चलनार्थ कलेजलाई विसं २०७३ साउन ९ गते स्वीकृति दिएको थियो । 
नेपाल मेडिकल काउन्सिलले विसं २०७३ मङ्सीर १४ र १५ गते एमबिबिएस कार्यक्रम सञ्चालन गर्न मापदण्ड तथा पूर्वाधार भए÷नभएको ‘इन्पेक्सन’ गरेको थियो ।  ‘कलेजमा एमबिबिएस कार्यक्रम सञ्चालनार्थ प्रारम्भिक अवस्था सकारात्मक’ भएको जानकारी काउन्सिलका  तत्कालीन रजिष्ट्रार डा.दिलीप शर्माद्वारा विसं २०७३ मङ्सिर १७ गते हस्ताक्षरित पत्रमा उल्लेख छ ।   पूर्वक्षेत्रबाट उपचारका लागि भारत तथा काठमाडौँ  जानुपर्ने अवस्था लगभग अन्त्य भएको छ । उनले भने, ‘बत्तीस लाख जनसंख्या भएका मेचीका लागि ती दुवै अस्पताल ‘रिफरल हस्पिटल’ बनेको छ । भारतीय नागरिक उपचारका लागि अस्पतालमा आउनेक्रम बढ्दो छ ।’  अस्पतालले पछिल्लो समय मुटु तथा मिर्गाैला प्रत्यारोपणको तयारी गर्दैछ । प्राचार्य प्रा.डा शर्माले भने, ‘हामी एमबिबिएस तहमा ३०० विद्यार्थी पढाउने क्षमतामा छौँ । हामी एमडी÷एमएससमेत पढाउन सक्छौँ ।’ 
कलेजले सम्बन्धन पाउने वित्तिकै एकहजार ५०० स्थानीयबासीले रोजगारी  र  सरकारले ५० करोड रुपैयाँ भन्दा बार्षिक राजश्व समेत पाउने जनाइएको छ । रासस
 

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १४:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार