कविताको शाश्वत मूल्यका पछि लाग्नुपर्छ : सरुभक्त

आइतबार, कात्तिक ६, २०७९

गण्डकी । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिठानका पूर्वकुलपति सरुभक्तले कविताको शाश्वत पक्षका पछि लाग्नुपर्ने बताएका छन् । कस्केली अधिकृत समाजद्वारा पोखरामा आयोजित रचना वाचन कार्यक्रममा उनले कविताको वास्तविक मूल्य नै शाश्वत मूल्य भएको बताए ।
नेपालमा साहित्यकारहरू समाज र राष्ट्रका लागि सिर्जना गर्नुपर्छ भन्ने भावनाका साथ क्रियाशील बनिरहेको बताउँदै उनले साहित्य तथा वाङ्मयको सेवामा अधिकृतहरूले आ–आफ्ना तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे । 
कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले साहित्य आफैँमा महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै यसले सेवा निवृत्त जीवनलाई सिर्जनात्मक बनाउने बताए ।
कार्यक्रम संयोजक वसन्त चालिसेले समाजले अन्य विभिन्न गतिविधिसँगै रचना वाचनका माध्यमबाट साहित्यिक गतिविधि बढाएको बताए ।
कार्यक्रममा समाजका सल्लाहकार एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य नेपालका गण्डकी प्रदेश समितिका अध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’, सल्लाहकार शिवप्रसाद पराजुली, शिवहरि शर्मा, देवेन्द्र केसी (देबु), गण्डकी साहित्य सङ्गमका सचिव भीमबहादुर रानाभाट (ज्यालादारी), गण्डकी वाङ्मय समाजका अध्यक्ष डा कृष्णराज अधिकारी, चन्द्रवती वाग्लेलगायतले कविता, कथा, मुक्तकलगायतका रचना वाचन गरेका थिए । 

‘दश महाविहारको संक्षिप्त इतिहास’ लोकार्पण

शाक्य महाविहार सङ्घ, काठमाडौँद्वारा प्रकाशित ‘शाक्यवंश र दश महाविहारको संक्षिप्त इतिहास’ पुस्तकको यहाँ लोकार्पण गरियो । 
संघरत्न शाक्यको लेखन तथा सम्पादन रहेको उक्त पुस्तक चार खण्डमा विभक्त छ । यसमा शाक्य गणराज्यको स्थापना, शाक्य शब्दको उत्पत्ति तथा अर्थ, शाक्यहरुको विनास र त्यसका कारण, श्री कुमारी, श्री भैरब र श्री गणेशको प्रतिस्थापन, शाक्य महाविहार सङ्घसँग आबद्ध १० महाविहारको परिचय र महाविहार सङ्घका गतिविधिहरु समेटिएका छन् । 

Dash Mahabir Samksipt Itihas
लोकार्पण समारोहमा ११४३ न्हू दँ समारोह समितिका अध्यक्ष प्रा. डा. नरेशमान बज्राचार्यले दश महाविहार सङ्घले मूल थकाली चयन गर्ने परम्परालाई पुनः शुरु गरेकामा खुशी व्यक्त गर्दै महाविहारहरुको इतिहासबारे खोजमूलक पुस्तक प्रकाशनको जमर्को नै सङ्घको राम्रो शुरुआत हो भने । 
यस वर्ष पनि विगतमा झै तिहार मनाउने तिथिमितिमाथि उत्पन्न विवादबारे उनले भने– “शुभमुहूर्त मै गर्नुपर्ने खास खास धार्मिक विधि साइतमै सम्पन्न गर्नुपर्ने तर, चाडबाड भने सूर्योदयलाई आधार मानेर दिनभर नै मनाउन बाधा नपर्ने भएकाले साइत भनिरहनु पर्दैन ।” 
पूर्वमन्त्री डा. केशव मान शाक्यले शाक्यहरुको वंश जम्बुद्वीपका प्रथम शासक महासम्मतदेखि प्रारम्भ भएको इतिहास रहेको बताउँदै भारतभर यसै तथ्यलाई मान्ने शाक्यहरुको सङ्ख्या मात्रै २३÷२४ करोड भएको दावी गरे । 
कार्यक्रममा दश महाविहार सङ्घमा आबद्ध मञ्जुश्रीनक महाविहार (बिकमाः बहाः) का जेष्ठ सदस्य मोतिरत्न शाक्यलाई दशै महाविहारका मूल थकाली घोषणा गर्दै ‘महास्थविर’ पदवी प्रदान गरिएको थियो । पुस्तकमाथिको समीक्षा भने तीर्थरत्न शाक्यले गरेका थिए । 

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  ०५:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार