सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । मुलुक भर ४ हजार ७७४ जनामा कोरोना संक्रमित फेला परेका छन् । गत २४ घण्टामा १३ हजार ८७९ पीसीआर परीक्षण गर्दा उक्त परिमाणमा संक्रमित फेला परेका हुन् । ९५५ एन्टिजेन परीक्षणमा १२३ जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन गरी संक्रमितको संख्या ४ हजार ८९७ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार नाघेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या ३० हजार २०९ रहेको छ । २४ घण्टामा ७७३ जना डिस्चार्ज भएका छन् । सोमबारदेखि बुधबारसम्म ४० हजार ९५१ पीसीआर परीक्षणमा १२ हजार ५८० मा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकले देखाउँछ । २४ घण्टामा काठमाडौंमा १४६४, भक्तपुरमा २३२ र ललितपुरमा ३५१ गरी २०४७ जनामा संक्रमण पुष्टि भएको छ ।