अविरल वर्षाले राजापुरका घर डुबानमा

सोमबार, असोज २४, २०७९

मधुवन ।  मधुवन बर्दियाको राजापुर नगरपालिकाका विभिन्न वडामा एक सातादेखि अविरल वर्षाले कर्णाली नदी तटीय क्षेत्र बस्तीका घरहरु डुबानमा परेका छन् ।     यही असोज १८ गते रातिदेखि परेको लगातारको वर्षाले कर्णाली नदीमा पानीको सतह बढेपछि एक हजार तीन सय ४२ घरधुरी प्रभावित भएको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको इलाका प्रहरी कार्यालय राजापुर बर्दियाले जनाएको छ ।  बेमौसमी वर्षापछिको बाढीले राजापुर क्षेत्रमा डुबान गरेपछि नदी तटीय क्षेत्रका स्थानीय पीडित बनेको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका  हुन्  । कर्णाली नदी बढेसँगै बर्दिया र कैलालीमा हरेक वर्ष जस्तो बाढी पस्ने गरेको छ । कर्णाली नदीको सतह खतराको तह पार गरी नाघेपछि बस्ती डुबानमा परेको थियो ।  वडा नं। १ मा छ सय, वडा नं।३ मा तीन सय ५०, वडा नं ।५ मा १०, वडा नं। ७ मा तीन सय ५०, वडा नं ।८ मा  १०, वडा नं ।९ मा २२ गरी कूल एक हजार तीन सय ४२ घर डुबानमा परेको जनाइएको छ ।        

 
 

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १८:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार