मन्त्री भुसालद्वारा शताब्दी पुरुषको स्वास्थ्य अवस्थाबारे जानकारी 

सोमबार, असोज २४, २०७९

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले वाङ¬्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्  ।    ललितपुरस्थित किस्ट मेडिकल कलेजमा आज पुगेर मन्त्री भुसालले अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यसँग जोशीको स्वास्थ्यवस्थाबारे जानकारी लिएकी  हुन्  । सो क्रममा मन्त्री भुसालले उनको स्वास्थ्यलाभको कामना गरेकी हुन्  ।    अस्पतालका निर्देशक बज्राचार्यले उनको उपचार निःशुल्क रुपमा गरिएको जानकारी गराएका  थिए । स्वास्थ्यमा समस्या देखिएपछि १८ दिनअघि जोशीलाई अस्पताल भर्ना गरिएको थियो । रगत परीक्षणका क्रममा उनमा डे¬ङ्गु सङ्क्रमण पुष्टि भएको थियो ।      जोशीको स्वास्थ्यमा केही सुधार देखिएपनि खतरामुक्त नरहेको अस्पतालले जनाएको छ । आइतबार मुटुको चाल बढेपछि उनलाई उच्च मात्रामा अक्सिजन दिएर राखिएको अस्पतालले जनाएको छ ।  

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १८:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार